राज्यका पूर्व मन्त्री उपेन किस्कुकोक निधन, आदिवासी अधिकार आन्दोलनका प्रमुख अनुहार थिए
राज्यका पूर्व मन्त्री उपेन किस्कुकोक निधन, आदिवासी अधिकार आन्दोलनका प्रमुख अनुहार थिए


कोलकाता, 25 दिसम्बर (हि.स.)। पश्चिम बंगालको राजनीतिमा आदिवासी अधिकारहरूको सशक्त आवाज रहेका राज्यका पूर्व मन्त्री उपेन किस्कुको गए बुधवार राती निधन भयो। बाँकुड़ाको एक नर्सिंग होममा उनको 83 वर्षको उमेरमा मृत्यु भयो। बिहीवार उनको पार्थिव शरीर भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीको बाँकुड़ा जिल्ला कार्यालयमा ल्याइयो जहाँ पार्टी नेता अनि कार्यकर्ताहरूले उनलाई श्रद्धाञ्जली अर्पण गरे।

उपेन किस्कुको राजनीतिक यात्रा 70- को दशकमा जंगलमहल क्षेत्रबाट शुरू भएको थियो। त्यसताक आदिवासीहरूको जीवन अनि आजीविकासित सम्बन्धित मुद्दाहरूलाई लिएर वृहत आन्दोलन भएको थियो। केंदु पत्ता संग्रह औ बिक्रीको उचित मूल्य, बीड़ी उद्योगसित जोड़िएका श्रमिकहरूको अधिकार एवं उनीहरूको आर्थिक सुरक्षालाई लिएर भएको आन्दोलनमा उपेन किस्कु अग्रिम पंक्तिमा थिए। केंदुको पत्ता आन्दोलनका प्रमुख अनुहारहरूमा उनको गन्ती हुन्थ्यो। यसै आन्दोलनबाट उनको राजनीतिक जीवनको जग बस्यो।

पेशाले प्राथमिक शिक्षक रहेका उपेन किस्कु पछि बाँकुड़ा जिल्लामा वामपन्थी राजनीतिको ठूलो नाम भए। 1977 सालमा पहिलो पटक उनी राइपुर विधानसभा सीटबाट विधायक चयन भए। त्यसपछि लगातार आठ पटक उनले यसै विधानसभा क्षेत्रको प्रतिनिधित्व गरे। 2011 सालमा राज्यको राजनीतिमा परिवर्तन आए पनि उनले आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई व्यापक अन्तरले परास्त गरी आफ्नो जीत दर्ता गराए।

परिवार अनुसार केही दिनपूर्व घरमै लड़ेर उनको टाउकोमा गम्भीर चोट लागेको थियो जसपश्चात मस्तिष्कबाट रक्तश्राव हुन थाल्यो। परिवारले उनलाई बाँकुड़ाको एक नर्सिंगहोममा भर्ती गराएको थियो जहाँ बुधवार राती उनको निधन भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande