
दक्षिण 24 परगना, 25 दिसम्बर (हि.स.)। जिल्लाको बासन्ती थाना अन्तर्गत आमझाड़ा पञ्चायतस्थित खड़िमाचान क्षेत्रमा गए बुधवार राती भएको एक बम विस्फोटमा एकजना बालक गम्भीर रूपमा घाइते भयो।
स्थानीय सूत्र अनुसार क्षेत्रमा एक परित्यक्त घरभित्र अचानक भयानक विस्फोट भयो। विस्फोट हुँदा बालक त्यहीँ थियो जसले गर्दा उ विस्फोटको चपेटमा पऱ्यो। विस्फोटपछि घटनास्थलमा बमको सुतलीका टुक्राहरू यत्रतत्र छरिएको पाइयो। साथै ठाउँ-ठाउँमा रगतको थोप्ला पनि देखियो। घटनाको सूचना पाउनसाथ बासन्ती थाना पलिसले घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो।
पुलिसले घटनास्थलबाट बमका अवशेषहरू जफत गरेको छ। तथापि अहिलेसम्ममा यो स्पष्ट हुन सकेको छैन कि बम त्यहाँ कसरी पुग्यो अनि कुन उद्देश्यले राखिएको थियो। घाइते बालकलाई तत्कालै प्राथमिक उपचारपछि कोलकाताको एक निजी अस्पतालमा भर्ती गरिएको छ जहाँ उसको उपचार भइरहेको छ।
बालकको स्थितिमाथि चिकित्सकहरूले लगातार निगरानी राखिरहेका छन्। यस घटनाको कारणले क्षेत्रमा व्यापक तनाउ फैलिएको छ। कुनै पनि अप्रिय स्थितिको सामना गर्नको लागि पुलिसले क्षेत्रमा पिकेटलाई तैनाथ गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा