
बीरभूम, 25 दिसम्बर (हि. स.)। जिल्लाको दुबराजपुरमा एउटा तलाउमा आमा-छोरीको शव भेटिएको घटनापछि कोकोहोलो मचिएको छ। घटना दुबराजपुर नगरपालिकाको 6 नम्बर वार्डस्थित कलुपाड़ा क्षेत्रमा भएको हो। मृतकाहरूको पहिचान माला हाजरा (25) र उनकी अढ़ाई वर्षीय छोरी बृष्टि हाजराको रूपमा भएको छ।
पुलिस सूत्र अनुसार माला र उनकी छोरी गत 23 दिसम्बरदेखि नै बेपत्ता भएका थिए। मालाका पति नोकरीको सिलसिलामा चेन्नईमा थियो। आमा-छोरी हराएको खबरले परिवार धेरै चिन्तित थियो। गए बुधवार दुबराजपुर थानामा उनीहरू बेपत्ता भएको मामिला दर्ता गरिएको थियो। बिहीवार बिहान स्थानीय मानिसहरूले तलाउमा मालाको शवलाई तैरिरहेको देखे। उनीहरूले तुरून्तै जाल हानेर खोज्न शुरू गरे र केही क्षणपछि छोरी बृष्टिको पनि शव भेटियो। सूचना पाउनसाथ दुबराजपुर थानाको पुलिस घटनास्थलमा पुग्यो।
परिवारका सदस्यहरूले बताए, उनीलाई कुनै प्रकारको समस्या वा विवाद थिएन। यस घटनाको कारणलाई बुझ्न उनीहरू असमर्थ भइरहेका छन्। पुलिसले शवहरूलाई कब्जामा लिएर परीक्षणको लागि पठाइदिएको छ।
प्रारम्भिक जाँचमा अनुमान लगाइएको छ, तलाउमा झरेको कारणले दुवैको मृत्यु भएको हुनसक्छ। तथापि कुनै बाहिरी कारण वा संदिग्ध कारणलाई पनि नकार्न सकिँदैन। पुलिसले घटनाको गहिराईसम्म पुग्नको लागि जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा