मयना विधानसभामा भाजपाको सोशल मीडिया प्रशिक्षण शिविर आयोजित
मयना विधानसभामा भाजपाको सोशल मीडिया प्रशिक्षण शिविर आयोजित


पूर्व मेदिनीपुर, 25 दिसम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) तमलुक संगठनात्मक जिल्ला अन्तर्गत मयना विधानसभा क्षेत्रमा गए बुधवार अबेर साँझ निर्धारित कार्यक्रम सूची अनुरूप सोशल मीडिया प्रशिक्षण शिविरको आयोजन गरियो। यस शिविको उद्देश्य संगठनलाई डिजीटल माध्यमबाट अझ अधिक सशक्त बनाउनु रहेको थियो।

यस प्रशिक्षण शिविरमा ओडिशा राज्यका सोशल मीडिया कन्भीनर स्वयंगम प्रकाश बराल प्रमुख रूपमा उपस्थित थिए। उनीसित हावड़ा, हुगली एवं मेदिनीपुर जोनका सोशल मीडिया प्रभारीहरू पनि उपस्थित थिए। कार्यक्रममा तृमलुक संगठनात्मक जिल्लाका सोशल मीडिया कन्भीनर मृणाल सामन्त, जिल्ला उपाध्यक्ष गौतम कुमार गुरु, जिल्ला सदस्य सुजीत बेरा सहित मयना विधानसभा क्षेत्रका विभिन्न मण्डलहरूका अध्यक्षगण उपस्थित थिए।

शिविरमा वक्ताहरूले सोशल मीडियाको प्रभावकारी उपयोग, पार्टीका नीति एवं कार्यक्रमहरूलाई जन-जनसम्म पुऱ्याउनु, फेक न्यूजको सामना तथा अनुशासित डिजीटल व्यवहारमाथि विस्तारपूर्वक मार्गदर्शन गराए।

यस कार्यक्रमसित सम्बन्धित जानकारी तमलुक संगठनात्मक जिल्लाका सोशल मीडिया कन्भीनर मृणाल सामन्तले गए बुधवार राती फोन मार्फत दिएका हुन्। कार्यक्रममा ठूलो संख्यामा भाजपा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। आगामी दिनमा सोशल मीडियाको माध्यमबाट संगठनात्मक गतिविधिहरूलाई ्अझ सुदृढ़ बाउने संकल्प पनि लिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande