भारत-बंगलादेश सीमामा सुरक्षा एजेन्सीहरूले 10 कड़ोरको ब्राउन शुगर जफत गरे
भारत-बंगलादेश सीमामा सुरक्षा एजेन्सीहरूले 10 कड़ोरको ब्राउन शुगर जफत गरे


कोलकाता, 08 दिसम्बर (हि. स.)। भारत-बंगलादेश सीमाको सुरक्षामा तैनाथ बीएसएफ औ पुलिसले मालदा जिल्लाको सीमा क्षेत्रहरूमा गरेको अलग-अलग छापामा लगभग 10 कड़ोर रुपियाँको ब्राउन शुगर तथा 10 हजार रुपियाँभन्दा अधिकको नक्कली भारतीय मुद्रा जफत गऱ्यो। साथै दुईजना संदिग्धहरूलाई पनि पक्राउ गऱ्यो।

सूत्र अनुसार महादिपुर अन्तरराष्ट्रिय भूमि बन्दरगाहमा गस्ती अवधि बीएसएफ जवानहरूले बंगलादेशी नागरिक मोहम्मद रज्जोवानलाई रोकेर जाँच गरे जसमा लगभग 20 हजार रुपियाँको नक्कली भारतीय मुद्रा भेटियो। रज्जोवान बंगलादेशको चपाई नवाबगञ्ज जिल्ला अन्तर्गत खारियाल गाउँको निवासी हो जो वैध पासपोर्ट र भिजामा भारत आएको थियो। जाँचबुझमा उसले दाबी गऱ्यो, सोनामस्जिद पनामा पोर्टमा बंगलादेशी टाका साट्ने क्रममा अन्जानमा उसकोमा भारतीय नक्कली नोट पऱ्यो। त्यसपछि उसलाई अंग्रेजी बजार थानामा पुलिसलाई सुम्पिइयो।

अर्को अभियानमा कालियाचक पुलिसले मोजामपुर सीमा क्षेत्रमा जाँच गर्दा 4.400 किलोग्राम ब्राउन शुगर जफत गऱ्यो जसको बजार मूल्य लगभग 10 कड़ोर रुपियाँ रहेको अनुमान लगाइएको छ। चार वटा पोली प्याकेटमा बाँधिएको उक्त ब्राउन शुगरलाई सुखचन्द शेखको घरमा भेटियो, तर आरोपी घटनास्थलबाट भाग्न सफल भयो। पुलिसले एउटा मोटर साइआकल जपत गरेको छ। यस सिलसिलामा मामिला दर्ता गरिएको छ।

मालदाका पुलिस अधीक्षक अभिजीत ब्यनर्जीले बताए, सीमा पारिबाट नशालु सामग्री तस्करी भएको सूचना प्राप्त भएपछि अचानक छापा मारियो। यसै अवधि जिल्लाको अर्को कारबाहीमा मालदा रेलवे स्टेशन नजिकबाट पुलिसले 100 ग्राम संदिग्ध नशालु पाउडर जफत गरी आमिरूल शेख र बाबर शेखलाई पक्राउ गऱ्यो। दुवै वैष्णवनगर क्षेत्रको निवासी रहेको बताइएको छ। यस मामिलाको जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande