एसआईआर विवाद : महिला बीएलओमाथि आफन्तको सट्टामा ड्यूटी गरेको आरोप
एसआईआर विवाद : महिला बीएलओमाथि आफन्तको सट्टामा ड्यूटी गरेको आरोप


कोलकाता, 08 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर)- को पहिलो चरण लगभग पूरा भइसकेको छ। तर बूथ लेबल अफिसर (बीएलओ)-लाई लिएर विवाद झन् बढ़्दै गइरहेको छ। यसपालि एकजना महिला बीएलओमाथि आफन्त बीएलओको सट्टामा काम गरेको आरोप लागेको छ। यो मामिला दक्षिण 24 परगनाको बारुइपुर क्षेत्रमा भएको बताइन्छ।

राज्य प्रशासनका एकजना अधिकारीले बताए, स्थानीय सिकायत पश्चात बूथ नम्बर-94 की बीएलओ सोमा सेनलाई हटाएर गत 4 दिसम्बरको दिन आँगनबाड़ी कार्यकर्ता देवी हालदारलाई नयाँ बीएलो नियुक्त गरिएको थियो। तर पछि थाहा लाग्यो कि देवी हालदार शारीरिक रूपमा अस्वस्थ छन् र उनले प्रशासनलाई पत्र लेखेर ड्यूटीबाट मुक्त गरिदिने अनुरोध गरेकी थिइन्।

यसै अवधि एउटा भिन्नै स्थिति सृजित भयो। बूथ नम्बर-96 की बीएलओ रमा हालदार जो देवी हालदारकी भाउज्यु हुन्,-ले बूथ नम्बर-94 मा पनि काम शुरू गरिन्। यसबाट यो प्रश्न उठ्न थालेको छ, के एकजना बीएलओले अर्को बीएलओको स्थान त्यो पनि भिन्नै बूथमा ड्यूटी गर्न सक्छन्? यसको साथै बारूइपुर ब्लक प्रशासनको भूमिकामाथि पनि प्रश्न उठिरहेको छ।

मीडियासित बातचित गर्दै आरोपी बीएलओ रमा हालदारले भनिन्, पहिला सोमा सेनविरूद्ध सिकायत आएको थियो जसले गर्दा उनलाई हटाइयो। त्यसपछि जिल्ला प्रशासनले देवी हालदारलाई नियुक्त पत्र दिएर काम सुम्पियो।

रमाले दाबी गरिन्, देबी बिमार थिइन्, त्यसैले अहिलेघरि काम पूरा गर्नको लागि मैले उनको स्थानमा काम गरेकी हुँ। घटना सामु आउनसाथ जिल्ला प्रशासनका एकजना अधिकारीले भने, मामिलाको जानकारी प्राप्त भएको छ र जाँच गरिनेछ। यदि कुनै अनियमितता पाइयो भने कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande