राज्यपालले सिक्किमवासीहरूलाई बाराहिमिजोङ पर्वको शुभकामना दिए
om prakash mathur


गान्तोक, 8 दिसम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले बाराहिमिजोङ पर्वको शुभ अवसरमा सिक्किमका जनता विशेषरूपमा मङ्गर समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

राज्यपालले आफ्नो सन्देशमा भने, 'बाराहिमिजोङ पर्वको मङ्गर समुदायमा ठूलो धार्मिक र सांस्कृतिक महत्व रहेको छ, कारण यो वर्षको त्यो समय हो जब उनीहरू आफ्ना पुर्खाहरू र कुलदेवताहरूलाई श्रद्धाञ्जली अर्पण गर्न भेला हुन्छन्। यो पर्व ताजा बाली चढ़ाएर वर्षभरि निरन्तर आशीर्वादको लागि सर्वशक्तिमानप्रति कृतज्ञता व्यक्त गर्ने र आगामी दिनहरूका लागि राम्रो भाग्य कामना गर्ने वार्षिक अवसर हो।'

राज्यपालले सिक्किमेलीहरूलाई सर्वशक्तिमानले आगामी वर्षहरूमा प्रशस्त फसलका साथै अनन्त समृद्धिको आशीर्वाद दिऊन् भनी कामना गरेका छन्। उनले सिक्किमेली लोकाचार र मूल्यमान्यताको मूलमा रहेको दिव्यता सबै संवेदनशील प्राणीहरूमा व्याप्त रहोस् भनेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande