हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
मुख्यमन्त्रीसंग सारिका प्रधान र नोरजिङ छिरिङ सेङ्गा


गान्तोक, 8 दिसम्बर (हि.स.)। हालैमा पदोन्नति पाएका सिक्किम सरकारका वरिष्ठ अधिकारीहरूले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग मिन्तोकगाङस्थित उनको सरकारी आवासमा भेट गरे।

यस क्रममा सोमवार बिहान सारिका प्रधान र नोरजिङ छिरिङ सेङ्गाले मुख्यमन्त्रीसॅंग भेट गरे। मुख्यमन्त्रीले दुवै अधिकारीलाई हालै भारतीय प्रशासनिक सेवा (आईएएस) मा सामेल भएकोमा हार्दिक बधाई दिए। उनले सेवा र जिम्मेवारीको यो उल्लेखनीय यात्रामा अधिकारीहरूलाई शुभकामना दिए।

यसरी नै आज पीसीई बसन्त तामाङ, पीडी छेवाङ एन. शेर्पा, पीडी राजनारायण प्रधान र सीई संजय सिंहले पनि मुख्यमन्त्रीलाई उनको सरकारी आवासमा भेट गरे।

मुख्यमन्त्रीले सबै अधिकारीहरूलाई उनीहरूको उचित पदोन्नतिको लागि हार्दिक बधाई दिॅंदै सन्तोषजनक, उत्पादक र सफल कार्यकालको लागि शुभकामना दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande