राजेश थापा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको तीनधारे महानदी समष्टि जोनल कमिटी संयोजक नियुक्त
राजेश थापा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको तीनधारे महानदी समष्टि जोनल कमिटी संयोजक नियुक्त


खरसाङ, 04 फरवरी (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको तीनधारे महानदी समष्टिको लागि राजेश थापालाई संयोजकको रुपमा नियुक्त गरिएको छ। आज उनलाई भागोप्रमोको खरसाङस्थित पार्टी कार्यालयमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सांगठनिक सभामा संयोजकको रूपमा चयन गरिएको हो।

थापालाई तीनधारे महानदी समष्टिको संयोजकको रुपमा नियुक्ति पत्र हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ र सचिव भक्तिमान तामाङले प्रदान गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande