राज्यपालले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिए
राज्यपाल र प्रधानमन्त्री नरेन्द्र मोदी


गान्तोक, १६ सेप्टेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले देशका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

राज्यपालले आफ्नो सन्देशमा प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पूर्ण जीवन जनसेवा, राष्ट्र निर्माण तथा समाजको अन्तिम पङ्क्तिमा रहेका व्यक्तिको उत्थानप्रति समर्पित रहेको बताएका छन्। प्रधानमन्त्रीको दूरदर्शी नेतृत्वले भारतलाई चौतर्फी विकासको दिशामा अघि बढाएको पनि उनले बताएका छन्।

राज्यपालले प्रधानमन्त्रीको उत्तम स्वास्थ्य, दीर्घायु तथा यशस्वी जीवनको कामना गर्दै उनको मार्गदर्शनले देशवासीलाई निरन्तर ‘आत्मनिर्भर भारत’ तथा ‘विकसित भारत’ को सङ्कल्प पूरा गर्न प्रेरणा प्रदान गरिरहने बताएका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande