कलेज भेल्लीका युवा पुस्कर गुरुङले लखनऊमा जिते सिल्भर मेडल
Pushkar gurung


सोनादा, 16 सेप्टेम्बर (हि.स.)। रंगबुल क्षेत्रदेखि केही मुनि कलेज भेल्ली चियाबारी निवासी पुस्कर गुरुङले लखनऊमा सम्पन्न मेन्स फिजिक्स बडी बिल्डिङको तेस्रो मिस्टर इण्डियामा सिल्भर मेडल जित्न सफल बनेका छन्। नर्थ इण्डिया बडी बिल्डिङ फेडेरेशनको अण्डरमा लखनऊमा सम्पन्न मेन्स फिजिक्स बडी बिल्डिङ अन्तर्गत तेस्रो मिस्टर इण्डियामा प्रतियोगितामा पुस्कर गुरुङले सिल्भर मेडल जितेर सम्पूर्ण गाउँ, पहाड र गोर्खा जातिलाई नै गौरवान्वित बनाएका छन्। उनको यो सफलतामा दार्जिलिङका सांसद राजु विष्टले पनि बधाई दिएका छन्। पुस्कर गुरुङले योभन्दा अघि पनि 2019 मा मिस्टर दार्जिलिङ, 2022 र 2024 मा मिस्टर हिमालय, 2022 मा आईएफएस क्लासिक गुवाहाटी च्याम्पियन, डब्ल्युएफएफ वर्ल्ड फिटनेस फेडेरेशन प्रो कार्ड होल्डर, 2020 मा मिस्टर अल्टिमेट सिक्किम, 2023 मा मिस्टर जीटीए दार्जिलिङ (मेन्स फिजिक्स च्याम्पियन अफ् च्याम्पियन), 2024 मा मिस्टर

जीटीए दार्जिलिङ (मेन्स फिजिक्स च्याम्पियन अफ् च्याम्पियन), 2024 मा मिस्टर जीटीए दार्जिलिङ (बडी बिल्डिङ च्याम्पियन), 2024 मा नर्थ ईष्ट ईण्डिया अण्डर आईबीपीएफ, 2024 मा मिस्टर युनिभर्स, 2025 मा मिस्टर ओलम्पिया (दिल्ली), 2026 मा मिस्टर शेरु क्लासिक (दिल्ली) र 2026 मा मिस्टर सिक्किमको उपाधि समेत जितेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande