'अर्थ वारियर्स' पुरस्कारका लागि खरसाङका डीएफओ देवेश पाण्डे मनोनित
देवेश पाण्डे


खरसाङ, 16 सेप्टेम्बर (हि.स.)। हिमालयन सेलामेन्डर र सिमसार बासस्थान संरक्षणमा योगदानका लागि खरसाङ डिभिजन फरेष्टका डीएफओ आईएफएस देवेश पाण्डे अर्थ वारियर्स पुरस्कारको निम्ति मनोनित भएका छन्। पाण्डेले खरसाङ क्षेत्रमा पाइने हिमालयन सेलामेन्डर संरक्षण प्रयासहरूको लागि निरन्तर रुपमा काम गरिरहेका छन्। यस क्षेत्रमा सेलामेन्डरको संरक्षणलाई समर्थन गर्ने र यसको लागि वन विभागको शक्ति र स्रोतहरू प्रयोगमा ल्याउने उनको इच्छा शक्तिले वास्तविक भिन्नता ल्याएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande