मङ्पुमा स्व एनएल राई स्मृति अन्तर विद्यालय तर्क प्रतियोगिताको तेस्रो संस्करण सम्पन्न
Elocution competition


मङ्पु, 16 सेप्टेम्बर (हि.स.)। रङ्बी ज्ञानपीठ उच्चत्तर माध्यमिक विद्यालयमा लाब्धा समष्टिको आयोजना अनि एनएचपीसी टिस्टाको ड्याम पावर स्टेशन चरण तीन र चारको प्रायोजनमा सम्पन्न भएको स्व एनएल राई स्मृति अन्तर विद्यालय तर्क प्रतियोगिताको तेस्रो संस्करण अन्तर्गत प्रथम चरणको तर्क प्रतियोगिता सम्पन्न भएको छ। उक्त तर्क प्रतियोगिताको विषय 'प्लाष्टिक प्रतिबन्ध पूर्ण रुपमा हुनुपर्छ' रहेको थियो जसमा पक्षमा हिल एन्जल्स अकादमी बी दल अनि विपक्षमा रङ्बी ज्ञानपीठ उच्चत्तर माध्यामिक विद्यालय बी दलमाझ तार्किक भिडन्तमा दुवै दलका नानीहरुले उत्कृष्ट तार्क प्रस्तुत गरेका थिए।

अन्त्यमा निर्णायक मण्डलीको निर्णय अनुरुप विपक्ष दल ज्ञानपीठ उच्चत्तर माध्यमिक विद्यालय विजयी बने भने पक्ष दलका दल हिल एन्जल्स अकादमी उप विजयी बने। रङ्बी ज्ञानपीठ उच्चत्तर माध्यमिक विद्यालयको भवनमा सम्पन्न भएको शुरुवाती कार्यक्रममा विद्यालयकै प्रधान अध्यापकको अध्यक्षतामा अनि प्रमुख अतिथि प्रकाश चन्द्र राई, प्रधान अध्यापक शारदा उच्चत्तर माध्यामिक विद्यालयको विशेष उपस्थितिमा सम्पन्न गरियो।

निर्णायकगणमा उदय थुलुङ (साहित्यकार एवं सह शिक्षक), प्रशान्त छेत्री (सह शिक्षक) सरोज संघर्ष (रुबाइकार), बानिरा गोतामे (सह शिक्षिका ) पुष्कर सन्यासी (सह शिक्षक) ले कार्यभार सम्हालेका थिए।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande