गुजरात एनकाउन्टर स्पेशलिस्ट आईपीएस अभय चुडासमाले दिए राजीनामा
अभय


गान्धीनगर, 04 फरवरी (हि.स.)। गुजरात पुलिसमा महत्वपूर्ण भूमिका निभाउने र एनकाउन्टर स्पेशलिस्टको रूपमा विख्यात अभय चूडासमाले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छऩ्। वर्तमानमा गुजरात पुलिसमा अतिरिक्त डीजीपीको पदमा कार्यरत छन्। उनी यही वर्ष अक्टोबरमा सेवानिवृत्त हुन गइऱहेका थिए।

आईपीएस चुडासमा मूलरूपमा भावनगर, गुजरातका बासिन्दा हुन्। उनले 03 जनवरी बिहान 10 बजी राज्य पुलिस प्रमुखलाई आफ्नो राजीनामा सुम्पे। उनी वर्तमानमा गुजरात पुलिसमा अतिरिक्त डीजीपीको पदमा कार्यरत छन्। अभय चुडासमालाई गुजरात पुलिसको सुपर कप भनिन्छ र उनी गुजरात पुलिसका धेरै महत्वपूर्ण मामिलाहरूमा सामेल रहेका छन्। अहमदाबाद सीरियल ब्लास्ट केस सहित अन्य धेरै महत्वपूर्ण मामिला सुल्झाउनमा उनको महत्वपूर्ण भूमिका रहेको छ। उनी लामो समयदेखि साइट पोस्टिङमा कार्यरत थिए। उनले अचानक राजीनामा दिँदा सबै अड़कलहरूमा विराम लागेको छ। यद्यपि, गुजरात पुलिसमा छुट्टै छवि राख्ने आईपीएस अधिकारी चुडासमाको राजीनामालाई राज्य सरकारले अहिलेसम्म स्वीकार गरेको छैन।

उनको राजीनामा दिनुको पछाड़ीको कारण अहिले प्रकाशमा आएको छैन। यदि उनको राजीनामा स्वीकार भए हालमा राजीनामा दिने उनी गुजरातका दोस्रो आईपीएस अधिकारी हुनेछन्। एक महिना अगाड़ी जूनागढ़का एसपी हर्षद मेहताले पनि स्वेच्छाले राजीनामा दिएका थिए, जसलाई सरकारले पनि स्वीकार गरेको थियो।

आफ्नो बयानले चर्चामा आएका थिए अभय चूडासमा

सुरेन्द्रनगरको वढवाणमा करड़िया राजपूत समाजको शैक्षणिक परिसरको भूमि पूजन समारोहमा आईपीएस अभय चूडासमा राजनीतिमा कऱड़िया समाजको स्थानलाई लिएर आफ्नो बयानपछि चर्चामा आएका थिए। उनले भनेका थिए, मैले विभागमा लगभग 34 वर्ष पूरा गरेको छु। आजसम्म यस्तो भएन कि कुनै सरकारमा हाम्रो एउटै पनि मन्त्री रहेन, तर गत दुई कार्यकालदेखि यस्तो भइरहेको छ। यदि तपाईले कारणको गहराईले अध्ययन गरे तपाईलाई तुरन्तै थाहा लाग्नेछ।

मेरो भनाई छ, हाम्रो संख्याको मध्यनजर एटलिस्ट हाम्रो 4 एमएलए जित्नुपर्थ्यो तर केवल 2 नै आइऱहेका छऩ्। यो कहिलेपनि 2 देखि बढ्दैन, यसको कारण के हो ? यही कारण हो कि हामी एक छैनौं। हरेक ठाउँ हामी पार्टी र क्षेत्रको आधारमा बाँड़िएका छौं।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande