तृणमूल कांग्रेस ट्रेड यूनियनका नेता सन्तोष तामाङ भागोप्रमोको ट्रेड युनियनमा‌ सामेल
तृणमूल कांग्रेस ट्रेड यूनियनका नेता सन्तोष तामाङ भागोप्रमोको ट्रेड युनियनमा‌ सामेल


खरसाङ, 04 फरवरी (हि.स.)। तृणमूल कांग्रेसको ट्रेड युनियन आईएनटीटीयुसी (चिया बगान श्रमिक संगठन) को राज्यस्तरीय सचिव सन्तोष तामाङ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनमा सामेल भएका छन्‌। उनलाई भागोप्रमोको श्रमिक संगठनमा खरसाङ महकुमा समितिका पदाधिकारीहरुले‌ स्वागत जनाए।

सन्तोष लामा 2017 को गोर्खाल्याण्ड आन्दोलनमा‌ सक्रिय थिए भने अनित थापासित शुरुदेखि नै नजिकमा रहेर कार्य गर्दै आइरहेका थिए। तर केही समयदेखि तृणमूल कांग्रेसमा सामेल भएर ट्रेड युनियनको ठूलै पदमा कार्य गरिरहेका थिए। उनी अहिले पुनः अमित थापाको नेतृत्वमा रहेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनमा सामेल भएका छन्।

उनी सामेल भएसॅंगै उनलाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको प्रचार प्रसार सचिवमा नियुक्त गरिएको छ। उनलाई भागोप्रमोको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ र सचिव भक्तिमान तामाङले खरसाङ महकुमा समितिको प्रचार प्रसार सचिवको रुपमा नियुक्ति पत्र प्रदान गरे।

भागोप्रमोको श्रमिक संगठनमा सामेल भएको विषयमा पत्रकारहरुले सोधेका प्रश्नको उत्तरमा सन्तोष तामाङले भने, तृणमूल कांग्रेस पार्टी नराम्रो होइन, तर मेरो मन मिल्ने साथीहरु भागोप्रमोको ट्रेड युनियनमा रहेकाले काम गर्न सजिलो हुनेछ। उनले भने, जुन पार्टीले श्रमिकहरुको न्यूनतम रोजगारलाई समर्थन गर्छ उसैलाई समर्थन गर्छु भनेको थिए र भागोप्रमोको श्रमिक संगठनले यस दिशामा काम गरिरहेकाले म सामेल भएको हुॅं।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande