मालदामा व्यापारिक सङ्गठनहरूको पहल, भूतनीका बाढ़ी प्रभावितहरूको लागि पठाइयो दश ट्रक राहत सामग्री
मालदामा व्यापारिक सङ्गठनहरूको पहल, भूतनीका बाढ़ी प्रभावितहरूको लागि पठाइयो दश ट्रक राहत सामग्री


मालदा , 16 सेप्टेम्बर (हि.स.)। मालदा मर्चेन्ट चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री समेत केही व्यापारिक सङ्गठनहरूको पहलमा बाढ़ी प्रभावित मानिसहरूका लागि दश ट्रक राहत सामग्री जिल्ला प्रशासनलाई सुम्पिइयो। बुधवार बिहान लगभग एघार बजे मालदा जिल्ला प्रशासनिक भवन परिसरबाट केही वाहनहरूमा राहत सामग्री लादेर भूतनी तर्फ प्रस्थान गराइयो।

यस अवसरमा मालदाका जिल्लाधिकारी राजनवीर सिंह कपूर, राज्य विधानसभाका मुख्य सचेतक तथा इङ्गलिश बजारका भाजपा विधायक अम्लान भादुड़ी, मालदा मर्चेन्ट चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीका जिल्लाध्यक्ष उज्ज्वल साहा, उपाध्यक्ष सुभाष हलदर, संयुक्त सचिव शैलेश विश्वास, सूचना प्रौद्योगिकी शाखाका प्रभारी सम्प्रीत चक्रवर्ती, कार्यकारी सदस्य अविनाश साहा, सदस्य सौम्यदीप चौधरी, अमित घोष समेत अन्य उपस्थित थिए। यस अतिरिक्त उद्योगपतिहरू क्रमैले विधान राय, विकास शर्मा र राजेन्द्र जैन पनि उपस्थित थिए।

व्यापारिक सङ्गठनहरूको पक्षबाट बाढ़ी प्रभावित मानिसहरूका लागि चामल, दाल, आलु, मच्छरदानी, च्यादर समेत केही आवश्यक सामग्रीहरू पठाइएको छ। बाढ़ीको गम्भीर अवस्थामा प्रशासन सहित व्यापारिक समुदायको यो पहलले प्रभावित मानिसहरूसम्म चाँड़ै राहत सामग्री पुऱ्याउनमा महत्वपूर्ण भूमिका निभाउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande