एन्टालीमा पुरानो घरको एक भाग भत्कियो, कोकोहोलो मचियो
एन्टालीमा पुरानो घरको एक भाग भत्कियो, कोकोहोलो मचियो


कोलकाता, 16 सेप्टेम्बर (हि.स.)। महानगर कोलकातामा पुरानो अनि जर्जर घरको एक भाग भत्केर झरेको कारणले कोकोहोलो मचियो। घटना बुधवार बिहान एन्टाली थाना क्षेत्रमा भएको हो।

सूत्र अनुसार एन्टाली थाना क्षेत्रमा अवस्थित पुरानो पोस्ट अफिसको छेउमा एउटा घरको एक भाग भत्किएर झऱ्यो। घटनापछि स्थानीय मानिसहरमूा सन्त्राष फैलियो भने घटनास्थलमा मानिसहरूको घुइँचो लाग्यो।

घटनाको सूचना पाएर एन्टाली थानाको पुलिस घटनास्थलमा पुग्यो। साथै कोलकाता नगरनिगमका कर्मचारीहरू पनि घटनास्थलमा पुगे। सुरक्षालाई मध्यनजर गर्दै पुलिसले तत्कालै घरको छेउमा ब्यारिकेडिङ गरिदियो। हाल घटनामा कुनै पनि प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन।तथापि अवशेषहरूभित्र कोही पुरिएको छ कि, पुलिसले जाँच गरिरहेको छ।

नगरनिगमका कर्मचारीहरूले सड़क बीचमा झरेको घरकोअवशेषलाई हटाउने काम शुरू गरेको छ। घटनापछि शहरमा अवस्थित पुरानो र जर्जर भवनहरूको सुरक्षालाई लिएर फेरि एकपटक प्रश्न उठ्न थालेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande