मतदान गरेपछि उपराष्ट्रपतिले भने- मतदान सबै अधिकारहरूको जननी
मतदान गरेपछि उपराष्ट्रपतिले भने- मतदान सबै अधिकारहरूको जननी


नयाँ दिल्ली, 05 फरवरी (हि.स.)। उपराष्ट्रपति जगदीप धनखड़ र उनकी पत्नी डा. सुदेश धनखड़ले बुधवार दिल्ली विधानसभा चुनाउको निम्ति आफ्नो भोट हाले। यस अवधि मीडियासित कुराकानीमा उनले मानिसहरूसित लोकतन्त्रको महायज्ञमा भाग लिने अपील गरे। उनले नागरिकहरूसित आफ्नो मताधिकारको प्रयोग गर्ने आह्वान गरे।

उपराष्ट्रपतिले भने, मतदान महान दान हो। मतदान प्रजातन्त्रको अक्सीजन हो। प्रजातन्त्रको आधार मतदान हो, मतदान सबै अधिकारहरूको जननी हो। यसभन्दा सर्वोपरि कुनै अधिकार छैन। प्रजातन्त्रको महत्व तब छ, जब हरेक व्यक्तिले आफ्नो मतदान विवेकपूर्ण तरीकाले, स्वतन्त्रताले देशको निम्ति गरोस्, यसैबाट प्रजातन्त्र फ्रस्टिन्छ र विकसित हुन्छ। भारतवर्ष विश्वमा एक उदाहरण हो। सबैभन्दा पुरानो लोकतन्त्र, सबैभन्दा ठूलो लोकतन्त्र, सबैभन्दा मजबुत लोकतन्त्र हो। यो मूल्यवान अधिकार भारतको हरेक नागरिकले पाएको छ।

उनले भऩे, भारत जब आजाद भयो तब हरेक व्यक्ति, जो वयस्क थियो, महिला होस् या पुरूष, यो अधिकार दिइय़ो, जबकि विश्वको धेरै ठूलो र हाम्रोभन्दा पहिले आजादी पाउने प्रजातान्त्रिक व्यवस्थाहरूमा यस्तो थिएन। आजको दिन यसलाई म प्रजातान्त्रिक व्यवस्थाको धेरै ठूलो उत्सव ठान्छु। उनले धेरैभन्दा धेरै मानिसहरूले आफ्नो मतको दान गर्ने आह्वान गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande