केन्द्रिय मन्त्री हरदीप पुरीले गरे मतदान, भने- दिल्लीमा आगामी सरकार भाजपाको 
पुरी


नयाँ दिल्ली, 05 फरवरी (हि.स.)। केन्द्रिय मन्त्री हरदीप सिंह पुरीले आज बिहान दिल्ली विधानसभा चुनाउको निम्ति मतदान गरे। यस अवसरमा उनले भने, यो कुनै सामान्य चुनाउ नभएर खास चुनाउ हो। प्रधानमन्त्री नरेन्द्र मोदीको योजनाहरूलाई यसले (आम आदमी पार्टी) दिल्लीमा लागू नै हुन दिएन। मलाई पूरा विश्वास छ, 08 फरवरीमा जब परिणाम आउनेछ तब भाजपाले यहाँ (दिल्ली विधानसभा) को दायित्व सम्हाल्नेछ। दिल्लीलाई एक शानदार राजधानी बनाउने काम हामी फेरि शुरू गर्नेछौं।

अहिलेसम्म मतदान गर्ने नेताहरू र अन्य हस्तिहरूमा प्रमुख छन्- राज्यसभा सदस्य स्वाति मालीवाल, नयाँ दिल्ली विधानसभा क्षेत्रबाट भाजपा उम्मेदवार प्रवेश वर्मा, दिल्लीका उपराज्यपाल वीके सक्सेना, दिल्ली पुलिस आयुक्त संजय अरोड़ा, चुनाउ आयुक्त सुखबीर सिंह सन्धू, विदेश मन्त्री एस जयशंकर र दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवा।

भाजपा अध्यक्ष वीरेन्द्र सचदेवाले भऩेका छन्, लामो वर्षको संघर्ष आज समाप्त हुनेछ। दिल्लीमा डबल इन्जिनको सरकार बन्नेछ र विकसित दिल्ली बनाउनका लागि आज दिल्लीका जनताले भोट हाल्नेछन्। दिल्लीमा अरविन्द केजरीवालले आफ्नो हार निश्चित ठानेर गुण्डागिरी गरिरहेका छन्। ऱाति हामीले देख्यौं कि दिल्लीकी मुख्यमन्त्री अतिशी मार्लेनाका सहयोगी पाँच लाख रूपियाँको साथ पक्रा परे।

भाजपा सांसद बांसुरी स्वराजले एक्समा भनेकी छन्, दिल्लीमा लोकतन्त्रको महापर्व छ। यसैले म दिल्लीका देवतुल्य मतदाताहरूसित प्रार्थना गर्छु कि कृपया आफ्नो घरहरूहाट बाहिर निस्किनुहोस्, मतदान केन्द्रहरूसम्म आउनुहोस्। विकसित भारतको विकसित राजधानीको निम्ति तपाईको यो योगदान धेरै नै अऩिवार्य़ र महत्वपूर्ण हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande