पश्चिम बंगाल सरकारले बीएसएफलाई दियो जमीन, थप दुई जिल्लामा सीमामा बाड़ लगाइने
पश्चिम बंगाल सरकारले बीएसएफलाई दियो जमीन, थप दुई जिल्लामा सीमामा बाड़ लगाइने


कोलकाता, 05 फरवरी (हि.स.)। पश्चिम बंगाल सरकारले राज्यका थप दुई जिल्लामा सीमा सुरक्षा बल (बीएसएफ) लाई जमीन दिने फसेला गरेको छ ताकि बांग्लादेशसित साझा गरिएको सीमामा बाड़ लगाउन औं चौकी निर्माण गर्न सकियोस्। एक अधिकारीले बुधवार यसबारे जानकारी गराए। उनले भने, मंगलवार अबेर साझँसम्म मुख्यमन्त्री ममता ब्यानर्जीको अध्यक्षतामा नवान्नमा भएको क्याबिनेट बैठकमा यो निर्णय लिइयो।

वरिष्ठ अधिकारी अनुसार, जलपाइगढ़ी जिल्लाको बिन्नागढ़ीमा 0.05 एकड़ र मालदा जिल्लाको नारायणपुरमा 19.73 एकड़ जमीन बीएसएफलाई सुम्पिनेछ। यस अगाड़ी 27 जनवरीमा भएको बैठकमा सरकारले नदिया जिल्लाको करीमपुरमा 0.9 एकड़ भूमि बीएसएफलाई दिने निर्णय लिएको थियो।

मुख्यमन्त्री ममता ब्यानर्जीले हालमा बीएसएफमाथि बांग्लादेशबाट घुसपैठको अनुमति दिएको आरोप गाएकी थिइन्। भाजपाले तृणमूल सरकारमाथि सीमामा बाड़ लगाउने कार्यमा सहयोग नगरेको आऱोप लगाएको छ। यसपछि बीएसएफका वरिष्ठ अधिकारीहरूले राज्य सरकारका शीर्ष अधिकारीहरूको साथ बैठक गरे। त्यस बैठकमा बीएसएफको तर्फबाट सीमामा बाड़ लगाउने आवश्यकतालाई लिएर एक रिपोर्ट प्रस्तुत गरियो, जसलाई राज्यका अधिकारीहरूले मुख्यमन्त्री ममता ब्यानर्जीसम्म पुऱ्याए। त्यसपछि नै मुख्यमन्त्रीले सीमा सुरक्षा बललाई जमीन दिने निर्णय लिइन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande