नयाँ दिल्ली, 05 फरवरी (हि.स.)। दिल्लीमा विधानसभा चुनाउको निम्ति आज बिहान सात बजी मतदान शुरू भइसकेको छ। राष्ट्रपति द्रौपदी मुर्मू समेत धेरै दिग्गजले मतदान गरिसकेका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले डा. राजेन्द्र प्रसाद केन्द्रिय विद्यालय (राष्ट्रपति सम्पदा, नयाँ दिल्ली) मा मतदान गरी लोकतन्त्रको उत्सवमा सहभागिता गरिन्।
मतदान गर्ने अन्य दिग्गजहरूमा विदेश मन्त्री जयशंकर र कांग्रेस नेता राहुल गान्धी सामेल छन्। अहिलेसम्म सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, डिप्टी एनएसए पंकज कुमार सिंह, कालकाजी विधानसभा क्षेत्रबाट कांग्रेस उम्मेदवार अलका लाम्बा, दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवा, नयाँ दिल्ली विधानसभा क्षेत्रबाट कांग्रेस उम्मेदवार संदीप दीक्षित आदिले मतदान गरिसकेका छन्। दिल्लीका मुख्य निर्वाचन अधिकारी आर एलिस वाजले दिल्लीवासीहरूसित कृपया बाहिर निस्केर आफ्नो लोकतान्त्रिक अधिकारहरूको प्रयोग गर्न मतदान गर्ने अपील गरेका छन्।
राष्ट्रिय राजधानी दिल्लीका 70 सीटका लागि 1.56 करोड़ मतदाताले साझँ छह बजीसम्म भोट हाल्नसक्नेछन्। यसको निम्ति लगभग 13 हजार पोलिङ स्टेशन बनाइएको छ। यस बाहेक अयोध्याको मिल्कीपुर र तमिलनाडूको इरोड उपचुनाउको निम्ति मतदान जारी छ। मतहरूको गणना 08 फरवरीमा हुनेछ।
दिल्लीमा टुट्यो इण्डी गठबन्धन
दिल्ली विधानसभा चुनाउमा इन्डी गठबन्धन टुटेको छ। लोकसभा चुनाउमा यस गठबन्धनको हिस्सा रहेका पाँच पार्टी एक-अर्का विरूद्ध मैदानमा खड़ा छन्। यसमा आम आदमी पार्टी र कांग्रेस सबै 70 सीटमा मुखामुखी छन्। कम्युनिस्ट पार्टी अफ इण्डियाले छह, सीपीएम र सीपीआई-एमएलले दुई-दुई सीटमा आफ्नो उम्मेदवार उतारेको छ। भारतीय जनता पार्टी (भाजपा) ले 68 सीटमा चुनाउ लड़िरहेको छ। दुई सीट सहयोगी पार्टीहरूलाई दिएको छ। यसमा जनता दल- यूनाइटेडले बुराड़ी र लोक जनशक्ति पार्टी-रामविलासले देवली सीटबाट उम्मेदवार उतारेको छ।
महाराष्ट्रमा भाजपाको सहयोगी राष्ट्रवादी कांग्रेस पार्टीले 30 सीटमा चुनाउ लड़िरहेको छ। शिवसेना प्रमुख एवं महाराष्ट्रका उप मुख्यमन्त्री एकनाथ शिन्देले सबै सीटहरूमा भाजपालाई समर्थन दिएको छ। बहुजन समाज पार्टी 70 र असदुद्दीन ओवैसीको अल इण्डिया मजलिस-ए-इत्तिहादुल मुस्लिमीनले 12 सीटमा चुनाउ लड़िरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी