नयाँ दिल्ली, 05 फरवरी (हि.स.)। राष्ट्रिय राजधानी दिल्लीमा आज बिहान सात बजी सबै 70 विधानसभा सीटहरूमा मतदान शुरू भयो। धेरै मतदान केन्द्रहरूमा मतदाताहरूको लामो कतार लागेको छ। दिल्ली पुलिसले सुरक्षाको कड़ा व्यवस्था गरेको छ। कुना-कुनामा जवानहरूको पहरा छ।
यस पाली दिल्लीमा भारतीय जनता पार्टी आम आदमी पार्टी र कांग्रेसबीच त्रिकोणीय द्वन्द नजर आइऱहेको छ।
आआप प्रमुख अरविन्द केजरीवाल नयाँ दिल्ली विधानसभा क्षेत्रबाट भाजपाका प्रवेश वर्मा र कांग्रेसका संदीप दीक्षित विरूद्ध चुनाउ लड़िरहेका छऩ्। कालकाजीमा मुख्यमन्त्री आतिशी, भाजपाका रमेश बिधूड़ी र कांग्रेसकी अलका लाम्बा मैदानमा छन्। दिल्लीका सबै विधानसभा सीटहरूमा 699 उम्मेदवार मैदानमा छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा लेखेका छन्, दिल्ली विधानसभा चुनाउमा आज सबै सीटहरूका लागि भोट हालिनेछ। यहाँका मतदाताहरूसित मेरो आग्रह छ, उनीहरूले लोकतन्त्रको यस उत्सवमा पूरा उत्साहको साथ हिस्सा लिउन् र आफ्नो मूल्यवान भोट अवश्य हालुन्। यस अवसरमा पहिलो पल्ट भोट दिन गइऱहेका सबै युवा साथीहरूलाई मेरो विशेष शुभकामना। याद राख्नु- पहिले मतदान त्यसपछि मात्र जलपान।
हिन्दुस्थान समाचार / भवानी थामी