मेक्सिको सिटी, 09 फरवरी (हि.स.)। दक्षिण मेक्सिकोमा भएको एक बस दुर्घटनामा शनिवार कम्तीमा 41 जनाको मृत्यु भएको छ। यात्रीहरू सवार बस एक ट्रकसित ठोकियो। जसपछि बस पूर्ण रूपमा जलेर खरानी भयो। बस केनकनदेखि टबैस्कोतिर गइऱहेको थियो र बस अपरेटर अनुसार यसमा 48 यात्री सवार थिए। दुर्घटनाको कारणहरूको छानबीन जारी छ। टबैस्को प्रशासनको भनाई छ, घटनास्थलमा राहत कार्य चलाइँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी