
काठमाडौं, १९ सेप्टेम्बर (हि.स.)। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सरकार संविधानप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। संविधान दिवसका अवसरमा आयोजित मुख्य समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, “यस संविधानको अक्षर र भावनाप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ।”
उनले संविधान जति नै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार र निरन्तर सक्रिय नभएमा संविधान केवल कागजमा सीमित हुने बताए। सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न काम गरिरहेको उनले दाबी गरे।
उनले भने, “म स्पष्ट रूपमा भन्छु, यो केवल शुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो छ, तर यी जरा उखेल्ने हात बलिया छन् र संख्या पनि धेरै छ।” उनले विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएकोप्रति सरकार सचेत रहेको बताए।
सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण गर्नुका साथै भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ को नीति अपनाइएको उनले जानकारी दिए।
हिन्दुस्थान समाचार / बिशाल