नेपालको संविधान दिवसमा भारतका विदेशमन्त्री एस. जयशंकरले बधाई दिए
डा एस जयशंकर


काठमाडौं, १९ सेप्टेम्बर (हि.स.)। भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालको संविधान दिवसका अवसरमा बधाई तथा शुभकामना दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत विदेशमन्त्री शिशिर खनाललाई उल्लेख गर्दै संविधान दिवसका अवसरमा बधाई दिएका हुन्। विदेशमन्त्री जयशंकरले लेखेका छन्, “नेपालको राष्ट्रिय दिवसका अवसरमा विदेशमन्त्री शिशिर खनाल, नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनतालाई हार्दिक बधाई एवं शुभकामना।”

उनले भारत दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन्। जयशंकरले भनेका छन्, “हामी आफ्नो गहिरो र दीर्घकालीन मित्रतालाई अझ सुदृढ बनाउन प्रतिबद्ध छौं।”

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande