गान्तोक, 13 मार्च (हि.स.)। ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किम (बास) का चार समर्पित प्रशिक्षकले ब्याडमिन्टन एसोसिएशन अफ् इण्डिया (बीएआई) को लेभल 1 सर्टिफिकेशन कोर्स सफलतापूर्वक सम्पन्न गरेका छन्। बासले निम तेन्जिङ शेर्पा, कुशल लामा, रिकेश राई र सेलिना राईलाई प्रतिष्ठित सर्टिफिकेशन कोर्सको निम्ति नामित गरेको थियो।
बासद्वारा नामित चारै जना स्थानीय प्रशिक्षकहरूले सफलतापूर्वक कोर्स पूरा गरेर अब आधिकारिक रूपमा बीएआईको लेभल 1 प्रशिक्षक बनेका छन्। उनीहरूको उपलब्धि सिक्किममा ब्याडमिन्टन कोचिङको विकासमा महत्त्वपूर्ण उपलब्धि रहेको बताउॅंदै बासले प्रशिक्षकहरूलाई उनीहरूको समर्पण र कडा परिश्रमको लागि हार्दिक बधाई दिएको छ।
हिन्दुस्थान समाचार / बिशाल