नाम्ची, 13 मार्च (हि.स.)। जोरथाङ महकुमा न्यायालय परिसर निर्माणको लागि आज नाम्ची जिल्लाको कारफेक्टरमा शिलान्यास समारोह सम्पन्न भयो। सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति विश्वनाथ सोमाद्दरको बाहुलीद्वारा शिलान्यास सम्पन्न गरियो।
जोरथाङ महकुमा न्यायालय परिसर निर्माणको 'प्राविधिक प्रतिवेदन' प्रस्तुत गर्दै भवन तथा आवास विभागकी सचिव आशा गुरुङले सिक्किमको उच्च न्यायालयद्वारा स्वीकृत रेखाचित्र र डिजाइन अनुसार तयार पारिएको विस्तृत परियोजना प्रस्ताव योजनाको बारेमा बताइन्। उनले परिसरमा तीन संरचनाहरू रहेको बताइन्, जसमा न्यायालय भवन, एनेक्सी भवन र न्यायिक मजिस्ट्रेटको बंगला सामेल रहनेछन्।
मुख्य न्यायालय भवनमा तीन तल्ले हुनेछ, जहाँ आवश्यकता अनुसार धेरै महत्त्वपूर्ण सुविधाहरू छन्, जस्तै न्यायिक मजिस्ट्रेटको कोठा, पेशकरको कोठा, अदालत कोठा, स्टेनो कोठा, अभियोजन कर्मचारी कोठा, सीआईको कोठा सरकारी वकिलको कोठा, वीसी कोठा, लेखा कोठा आदि रहनेछन्।
हिन्दुस्थान समाचार / बिशाल