मुख्यमन्त्रीले राज्यका जनतालाई दिए होलीको शुभकामना
मुख्यमन्त्रीले राज्यका जनतालाई दिए होलीको शुभकामना


गान्तोक, 13 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले होलीको शुभ अवसरमा सिक्किमका जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भारतीय परम्परामा गहिरो जरा गाडेको यो जीवन्त पर्वले अन्धकारमाथि धार्मिकताको विजयको प्रतिनिधित्व गर्दछ भनी बताएका छन्। उनले समयसँगै सिक्किममा होलीको सांस्कृतिक र आध्यात्मिक महत्त्व बढेको बताउॅंदै होलीले जीवनका सबै क्षेत्रका व्यक्तिहरूलाई एकसाथ ल्याउँछ भनेका छन्।

मुख्यमन्त्रीले होली उत्सवमा सबै मानिसहरू आफ्नो पृष्ठभूमि जस्तोसुकै भए पनि आनन्द र एकताको वातावरणमा एकसाथ आउँछन् भनेका छन्। होलीका उज्ज्वल रंगहरूले सिक्किमको एकता र विविधतालाई प्रतिबिम्बित गर्दछ भन्दै उनले होलीले जनतामाझ सद्भाव, मित्रता र साझा समृद्धिको बन्धनलाई बलियो बनाउन् भनी कामना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande