कोलकाता, 14 मार्च (हि. स.)। आर. जी. कर मेडिकल कलेजमा बलात्कार औ हत्याको शिकार भएकी महिला डाक्टरका पिताले आरोप लगाएका छन्, घटना घटेको सात महिना बितिसक्दा पनि उनीहरूकी छोरीको मृत्यु प्रमाण पत्र हात परेको छैन। परिवारको भनाइ छ, उनीहरू महिनौंदेखिको सरकारी कार्यालयहरूमा धाइरहेका छन्, तर स्वास्थ्य भवन, अस्पताल प्रशासन एवं कोलकाता नगरनिगमका अधिकारीहरूले सहयोग गरिरहेका छैनन्।
पीड़िताका पिताले भने, हामी जहाँ पनि जान्छौं, त्यहाँका अधिकारीहरूले नियमहरूको बहानामा बनाएर टारिदिन्छन्। हामीलाई लगातार सताइरहेका छन्।
31 वर्षीय डाक्टरको गत 9 अगस्त, 2024-मा ड्यूटी अवधि नै आर. जी. कर मेडिकल कलेजमा बलात्कारपछि हत्या गरिएको थियो। यस घटनाले सारा देशलाई झक्झकाइदिएको थियो।
विपक्षका नेता शुभेन्दु अधिकारीले सरकारमाथि गम्भीर आरोप लगाएका छन्। उनले भने, अगस्तमा तृणमूण नेता तथा कोलकाता पुलिसले गोप्य रूपमा 'अभया' (मीडियाद्वारा दिइएको नाम)- को अन्तिम संस्कार गऱ्यो, तर उसका माता-पितालाई अहिलेसम्म मृत्यु प्रमाण पत्र दिइएको छैन। उनीहरू अहिलेसम्म लगातार कार्यालयहरूमा धाइरहेका छन्।
उनले मुख्यमन्त्री औ स्वास्थ्य मन्त्री ममता ब्यनर्जी एवं कोलकाताका मेयर फिरहाद हाकिमसित अपील गरे, पीड़िताका परिवारलाई अब नसताइयोस् तथा चाँड़ोभन्दा चाँड़ो प्रमाण पत्र दिइयोस्।
शुभेन्दु अधिकारीले यस ढिल्याईको सीबीआई जाँच गर्ने माग गर्दै भने, सरकारले नियोजित रूपमा ढिल्याई गरिरहेको छ ताकि सत्यलाई लुकाउन सकियोस्। सीबीआईले यस मामिलाको जाँच गर्नुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा