कर्नाटकमा मुस्लिम ठेकेदारहरूलाई आरक्षणको मामिला, भाजपाले कांग्रेसमाथि लगायो तुष्टिकरणको आरोप
रवि


नयाँ दिल्ली, 15 मार्च (हि.स.)। कर्नाटक सरकारद्वारा मुस्लिम ठेकेदारहरूका लागि चार प्रतिशत आरक्षणलाई अनुमति दिइएपछि भारतीय जनता पार्टी (भाजपा) ले कांग्रेसमाथि हमला गर्दै मुस्लिम तुष्टिकरणको आरोप लगाएको छ।

शनिवार भाजपा मुख्यालयमा आयोजित प्रेसवार्तामा सांसद रविशंकर प्रसादले ने, कर्नाटकमा मुस्लिम ठेकेदारहरूलाई आरक्षण दिनको पछाड़ी राहुल गान्धीको सोच हो। उनी धेरै पल्ट हारेपछि पनि केही सिकेका छैनन्। कर्नाटकमा यो आरक्षण राहुल गान्धीको संरक्षणमा दिइएको छ। सिद्धारमैयासित यो घोषणा गर्ने साहस वा राजनीतिक बल छैन। कांग्रेस तुष्टिकरण र भोटब्याङ्कको राजनीतिमा जुन नयाँ मानक स्थापित गरिरहेको छ, त्यो राष्ट्रको निम्ति हानिकारक हो।

रविशंकर प्रसादले भने, धर्मको आधारमा आरक्षण असंवैधानिक हो। धेरै अदालतहरूको फसेलाको उल्लेख गर्दै उनले भने, धर्मको आधारमा आरक्षणलाई कोर्टले पनि असंवैधानिक ठहर गरेको छ।

उनले राहुल गान्धीलाई लक्षित गर्दै उनको बारम्बार वियतनाम यात्रामाथि पनि प्रश्न चिह्न खड़ा गरे। उनले भने, राहुल गान्धी फेरि वियतनाम गएका छन्। अहिले केही दिन अगाड़ी मात्र उनी वियतनाम गएका थिए। उनले यस साल अहिलेसम्म 22 दिन वियतनाममा बिताए। यतिको समय त उनले आफ्नो संसदीय क्षेत्रमा पनि बिताएनन्। विपक्षको नेता भएको नाताले देशले जान्न चाहन्छ कि एकाएक वियतनामसित यतिको माया किन भयो। विपक्षका नेताले यसको कारण बताउनुपर्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande