उरूग्वेका कोच बिएल्साले वर्ल्ड कप क्वालीफायर्सको निम्ति छह नयाँ खेलाड़ीलाई टीममा सामेल गरे
उरूग्वेका कोच बिएल्साले वर्ल्ड कप क्वालीफायर्सको निम्ति छह नयाँ खेलाड़ीलाई टीममा सामेल गरे


मोन्टेवीडियो, 19 मार्च (हि.स.)। उरूग्वेका मेनेजर मार्सेलो बिएल्साले अर्जेन्टीना र बोलिविया विरूद्ध हुने फीफा वर्ल्ड कप क्वालीफायर म्याचको निम्ति आफ्नो टीममा छह नयाँ खेलाड़ीहरूलाई सामेल गरेका छन्।

बिएल्साद्वारा चुनिएका नयाँ खेलाड़ी लोकल क्लबहरूबाट छन्, जसमा फरवर्ड पाब्लो सुआरेज, मिडफील्डर जर्मन बारबास, मिडफील्डर एरिको कुएलो, डिफेन्डर पैट्रिसियो पैसिफिको, सेन्टर-बैक पाओलो कैलियोन र विंगर लुकास अगाज़ीको नाम सामेल छ।

आशा अनुसार, लिवरपूलका फरवर्ड डार्विन नुनेज, रियल मैड्रिडका मिडफील्डर फेडेरिको वाल्वेर्दे, टटनहैमका मिडफील्डर रोड्रिगो बेन्टानकुर र बार्सिलोनाका डिफेन्डर रोनाल्ड अराउजोलाई पनि टीममा ठाउँ दिइएको छ।

उरूग्वेको टीम शुक्रवार मोन्टेवीडियोमा अर्जेन्टीनासित भिड्नेछ जबकि आगामी मंगलवार एल अल्टोमा बोलिविया विरूद्ध खेल्नेछ।

10 टीमको दक्षिण अमेरिकी क्वालीफाइङ ग्रुप तालिकामा उरूग्वे 12 म्याचमा 20 अंकको साथ दोस्रो स्थाना छ जबकि अर्जेन्टीना 25 अंकको साथ शीर्षमा बनेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande