वर्ष 2027 मा पुन्टा कानाले आईओसी सत्रको मेजबानी गर्ने
वर्ष 2027 मा पुन्टा कानाले आईओसी सत्रको मेजबानी गर्ने


कोस्टा नवारिनो, (ग्रीस), 22 मार्च (हि.स.)। डोमिनिकन गणराज्यको पुन्टा कानाले आधिकारिक रूपमा 2027 मा अन्तरराष्ट्रिय ओलम्पिक समिति (आईओसी) सत्रको मेजबानी गर्नेछ। शुक्रवार यहाँ आईओसी सदस्यहरूद्वारा मतदान गरिएपछि यो निर्णय लिइयो।

डोमिनिकन गणराज्यले यस महत्वपूर्ण आयोजनको पहिलो पल्ट मेजबानी गर्नेछ। यसका साथै 38 वर्षपचि ओलम्पिक आन्दोलन केरेबियन क्षेत्रमा फर्किनेछ। यस अगाड़ी 1989 मा प्यूर्टो रिकोमा 95औं आईओसी सत्र आयोजित गरिएको थियो।

आईओसी कार्यकारी बोर्डले पुन्टा कानालाई मेजबान शहरको रूपमा प्रस्तावित गरेको थियो। यो सिफारिश आईओसी सत्र मूल्यांकन आय़ोगद्वारा गरिएको एक व्यवहार्यता अध्ययनमाथि आधारित थियो, जसको नेतृत्व आईओसी सदस्य सर मियांग नगले गरेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande