भारतलाई वैश्विक विनिर्माण केन्द्र बनाउनको लागि सशक्त मध्यस्थता तन्त्र महत्वपूर्ण छः गोयल
piyush goyal


नयाँ दिल्ली, 29 मार्च (हि.स.)। केन्द्रिय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले शनिवार भने, भारतलाई वैश्विक विनिर्माण केन्द्रको रूपमा स्थापना गर्नको लागि मजबुत मध्यस्थता औ मध्यस्थता तन्त्र महत्वपूर्ण छ। कानूनी सुधार एवं एक मजबुत मध्यस्थता ढाँचाले निवेशकहरूको विश्वास तथा आर्थिक विकासलाई बढ़ाउँछ।

गोयलले आज नयाँ दिल्लीमा यूनाइटेड इन्टरनेशनल एवोकेट कन्फ्रेन्सको विशेष पूर्ण सत्रलाई सम्बोधन गर्दै उक्त मन्तव्य व्यक्त गरे। गोयलले आफ्नो सम्बोधनमा भारतको तीव्र आर्थिक विकास तथा वैश्विक विनिर्माण केन्द्र बन्ने उसको महत्वाकांक्षालाई समर्थन दिनमा एक मजबुत कानूनी तथा मध्यस्थता ढाँचाको महत्वलाई रेखांकित गरे।

वाणिज्‍य एवं उद्योग मन्त्रीले भने, न्यायिक ढिल्याईलाई कम गर्न तथा एक स्थिर एवं पारदर्शी व्यवसायिक सुनिश्चित गर्नमा मध्यस्तथाले महत्वपूर्ण भूमिका निभाउनेछ।उनले मध्यस्थता तन्त्रमा विश्वासको आवश्यकतामाथि बल दिए अनि ठूल्ठूला कम्पनीहरूको प्रभाव र अन्तरराष्ट्रिय पूर्वाग्रहको बारेमा चिन्ताहरूलाई स्वीकार गरे। गोयलले हितधारकहरूसित भारतमा मध्यस्थता प्रथालाई सशक्त बनाउने आग्रह गरे ताकि त्यसलाई अधिक कुशल र निष्पक्ष बनाउन सकियोस् जसबाट निवेशकहरूको लागि अधिक अनुकूल माहोललाई प्रेरणा मिलोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande