जीटीए आईडल विषयमा 29 नम्बर समष्टिको सभा सम्पन्न
जीटीए आईडल विषयमा 29 नम्बर समष्टिको सभा सम्पन्न


खरसाङ, 31 मार्च (हि.स.)। 29 नम्बर खरसाङ गिद्ध पहाड समष्टिमा आयोजना गरिने जीटीए आईडलको‌‌ अडिशनलाई लिएर खरसाङको सार्वजनिक भवनमा एक महत्वपूर्ण सभा सम्पन्न भयो। उक्त सभा खरसाङ गिद्ध पहाड समष्टिकाे संयोजक समीरदिप ब्लोनको अध्यक्षतामा सम्पन्न भयो।

सभामा 29 नम्बर समष्टिका सभापति प्रेमेन्द्र गुरुङ, सचिव भक्तिमान तामाङ साथै 29 नम्बर समष्टिका जनप्रतिनिधिहरु उपस्थित रहेका थिए। सभामा‌ 29 नम्बर समष्टिमा आयोजना गरिने जीटीए आईडलको‌‌ विषयमा व्यापक रूपमा चर्चा परिचर्चा गरियो। सभामा उपस्थित सबैले आफ्नो आफ्नो सुझाउहरु दिएका थिए भने सभामा उपस्थित प्रतिनिधिहरुबाट नै जीटीए आईडलको लागि 29 नम्बर समष्टिको कमिटी गठन गरिने भएको छ।

सभामा निर्णय गरिए अनुसार, 29 नम्बर समष्टिमा हुने जीटीए आईडलमा सहभागिता जनाउन इच्छुकहरुले 15 अप्रेलभित्रमा फारम भरेर बुझाउनु पर्नेछ। 29 नम्बर समष्टिमा जीटीए आईडलको अडिशन आगामी 20 अप्रेलको दिन सम्पन्न हुनेछ। उक्त अडिशनमा‌ यस समष्टिभित्रबाट शुरुमा 5 जना चयन गरिने र त्यही 5 जनाबाट एकजना जीटीए आईडलको लागि पठाइने छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande