खरसाङमा‌ इद‌ पालन
खरसाङमा‌ इद‌ पालन


खरसाङ, 31 मार्च (हि.स.)। मुस्लिम समुदायको महान चाड ईद उल फितर आज खरसाङ क्षेत्रमा पनि पालन गरिएको छ। खरसाङको अञ्जुमन ए इस्लामियाको आयोजनामा ईद उल फितर पालन गरियो। यस अवसरमा खरसाङ बजारमा अवस्थित मस्जिदमा ईदको नमाज पढियो।

विशेष गरेर गत एक‌ महिनादेखि राखिएको रोजा आज समाप्त भएको छ। यस अवसरमा खरसाङ क्षेत्र र सम्पूर्ण पहाडमा‌ नै शान्ति र भाइचारा कायम रहोस् भनी कामना गरिएको बताइएको छ। ईदको अवसरमा सबैमा ईदको शुभकामना व्यक्त गरिएको छ।

यस अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै मोहम्मद जैरुद्दीनले ईदको अवसरमा खरसाङमा‌ मुस्लिम समुदायको तर्फबाट ईद उल फितर पालन गर्दै नमाज पढिएको बताए। उनले सम्पूर्ण पहाड र खरसाङको लागि शान्तिको लागि प्रार्थना गरिएको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande