गुवाहाटी, 31 मार्च (हि.स.)। असम प्रदेशका भाजपा अध्यक्ष दिलीप सैकियाले भारतीय जनता पार्टी, लखीमपुर जिल्ला समिति अन्तर्गत तेलाही मण्डलको अनुसूचित जाति मोचाका पूर्व अध्यक्ष, बूथका पूर्व अध्यक्ष, शक्ति केन्द्र प्रमुख एवं 141 नम्बर बूथको मन की बात प्रमुख रमेन दासको आकस्मिक निधनमा गहिरो शोक व्यक्त गरेका छन्।
मन की बात सुन्ने क्रममा उनको मृत्यु भएको बताइएको छ। सैकियाले उनको मृत्युलाई पार्टीको निम्ति अपूरणीय क्षति बताएको छ। उनले दिवंगत आत्माको शान्तिको निम्ति प्रार्थना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल