किश्तवाड़, 11 अप्रेल (हि.स.)। जम्मू सम्भागको किश्तवाड़ जिल्लामा दुई दिनदेखि जारी अभियानमा सुरक्षाबलहरूको संयुक्त टीमले एक आतङ्कीलाई मारेको छ।
सेनाको व्हाइट नाइट कोरले एक्सको माध्यमले भनेको छ, विशिष्ट गोप्य जानकारीको आधारमा जम्मू-कश्मीर पुलिसको साथ मिलेर 09 अप्रेलमा छत्रू जंगल किश्तवाड़मा आतङ्कीहरूलाई समाउन एक संयुक्त खोजी अभियान शुरू गरियो। त्यही दिन अबेर साझँ आतङ्कीहरूको साथ सम्पर्क स्थापित गरियो। यस अवधि प्रभावी तरीकाले आतङ्कीहरूको सामना गरियो र गोलीबाली शुरू भयो। अहिलेसम्म एक आतङ्की मारिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी