संघले युवाहरूलाई शाखासित जोड्न विशेष प्रयोग शुरू गर्ने
शाखा


अलीगढ़, 18 अप्रेल (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघको कार्यको आधार शाखा हो। यसैले युवाहरूलाई संगठनसित जोड्न र शाखामा विद्यार्थीहरूको संख्या बढ़ाउनका लागि राष्ट्रिय स्वयंसेवक संघले विशेष प्रयोग शुरू गर्नेछ। शताब्दी वर्षको निम्ति प्रान्त एकाईहरूलाई युवाहरूको विशेष कार्यक्रम गर्नु पनि भनिएको छ। यस दृष्टिले सरसंघचालक डा. मोहन भागवत र सरकार्यवाह दत्तात्रेय होसबाले विभिन्न जिल्लाहरू गइऱहेका छन्। कानपुरपछि अब ब्रज प्रान्त सरसंघचालक भागवत जानेछऩ्। होसबाले लखनऊ जानेछन्।

राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक डा. मोहनराव भागवत संगठनको दृष्टिले अलीगढ़को दौड़ाहमा छन्। उनी बिहिवार अलीगढ़को संघ कार्यालय केशव सेवा धाम पुग्नेछऩ्। उनी यहाँ 21 अप्रेलसम्म बस्नेछन् र संघ पदाधिकारीहरूको साथ अलग-अलग श्रेणी सह बैठकहरू गर्नेछन्। बैठकमा युवाहरूबीच कार्य़विस्तारलाई लिएर चर्चा हुनेछ। सरसंघचालक डा. भागवत 19 अप्रेलमा नगरका दुई वटा शाखामा जानेछन्। ब्रज प्रान्तका प्रचार विभागले यसको पुष्टि गरेको छ। जानकारी अनुसार, सरसंघचालक हीरालाल इण्टर कलेजमा लाग्ने सनातन शाखा र पंचनगरीमा लाग्ने आजाद शाखाका विद्यार्थीले स्वयंसेवकहरूसित छलफल गर्नेछऩ्।

राष्ट्रिय स्वयंसेवक संघका सरकार्यवाह दत्तात्रेय होसबाले दुई दिवसीय दौड़ाह अन्तर्गत लखनऊ आइरहेका छन्। सरकार्यवाहले 20 अप्रेलमा आशियाना स्थित स्मृति उपवनमा शाखा टोलीका कार्यकर्ताहरूको मार्गदर्शन गर्नेछन्। सरकार्यवाहको कार्य़क्रमलाई लिएर लखनऊ विभागमा शाखास्तरमा तयारीहरू चलिरहेको छ। समस्त कार्यक्रम गणवेशमा हुनेछ। यसैले गणवेश पूरा गराउनका साथै शाखाहरूमा शारीरिक कार्यक्रमहरूको अभ्यास पनि चलिरहेको छ। यस बाहेक 21 अप्रेलमा दत्तात्रेय होसबाले गुरू गोरखनाथ स्वास्थ्य सेवा यात्रा सम्मान समारोहमा सामेल हुनेछन्। लखनऊको विभाग कार्यवाह अमितेशले भने, राष्ट्रिय स्वयंसेवक संघ लखनऊ विभागको शाखा टोली एकत्रीकरणमा सरकार्यवाह रहनेछऩ्। यो सार्वजनिक कार्यक्रम होइन। यसमा केवल शाखा टोलीका कार्यकर्ताहरू बोलाइएका छऩ्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande