बांग्लादेशमा हिन्दू नेताको कुटेर हत्या गरियो
murder


ढाका, 19 अप्रेल (हि.स.)। बांग्लादेशमा हिन्दुहरूको हत्याको क्रम अझै पनि रोकिएको छैन। अब हिन्दू समुदायका प्रमुख नेता र बांग्लादेश पूजा उडजापान परिषदका उपाध्यक्ष भाबेश चन्द्र रायको कुटेरै हत्या गरिएको छ। यस विषयलाई लिएर बांग्लादेशको हिन्दू समुदायमा रोष र भयको माहोल छ।

उत्तरी बांग्लादेशको दिनाजपुरमा प्रमुख हिन्दू नेता भाबेश चन्द्र राय परिवारसॅंग बस्थे। द डेली स्टारको रिपोर्ट अनुसार, शुक्रवार लगभग सॉंझ पॉंच बजी अपराधीहरूले रायलाई फोन गरे। 30 मिनटपछि चार जना मोटरसाइकलमा आए। उनीहरूले भावेशलाई घरबाट अपहरण गरे। उसलाई बदमाशहरूले नाराबारी गाउॅं लिएर गए र कुटपिट गरे।

उनी बदमाशहरूको पञ्जाबाट भाग्न सफल बने र घर पुगेशपछि बेहोश भए। परिवारका सदस्यहरूले उसलाई अस्पताल लिएर गए, तर चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए। बांग्लादेशको बिराल पुलिस स्टेशनका प्रभारी अब्दुस सबूरले आरोपीहरूको खोजी चलिरहेको बताएका छन्।

भाबेश चन्द्र राय बांग्लादेशका प्रमुख हिन्दू नेताहरू मध्ये एक थिए। जब पनि हिन्दूहरूमाथि कुनै प्रकारको अत्याचार हुन्थ्यो, उनी अगाडि आउने गर्थे। यसको निम्ति उनलाई धम्की आइरहने गर्दथ्यो।

उल्लेखनीय छ, केही दिनअघि मात्र भारतले बांग्लादेशलाई आफ्नो अल्पसंख्यकहरूको सुरक्षामा ध्यान दिन सुझाउ दिएको थियो। यसको लगत्तै हिन्दुहरूको प्रमुख नेताको हत्या गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande