नयॉं दिल्ली, 19 अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी साऊदी अरबको क्राउन प्रिन्स र प्रधानमन्त्री प्रिन्स मोहम्मद बिन सलमानको निमन्त्रणमा 22-23 अप्रेलमा साऊदी अरबको यात्रामा जानेछन्।
विदेश मन्त्रालयले शनिवार एक बयानमा भनेको छ, 2016 र 2019 पछि यो प्रधानमन्त्री मोदीको तेस्रो साऊदी अरब यात्रा हो। यो यात्रा सेप्टेम्बर 2023 मा जी20 शिखर सम्मेलनमा भाग लिएपछि र भारत साऊदी अरब रणनीतिक साझेदारी परिषदको पहिलो बैठकको सह अध्यक्षता गर्नका लागि प्रिन्स मोहम्मद बिन सलमान, क्राउन प्रिन्स र साऊदी अरबका प्रधानमन्त्रीको नयॉं दिल्लीको राजकीय यात्रापछि भइरहेको छ।
बयानमा भनिएको छ, भारत र साऊदी अरबबीच सामाजिक, सांस्कृतिक र व्यापारिक सम्पर्कहरूको लामो इतिहास छ र दुई देशबी घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध छ। रणनीतिक साझेदारको रूपमा दुई देशले राजनीतिक, रक्षा, सुरक्षा, व्यापार, निवेश, उर्जा, प्रौद्योगिकी, स्वास्थ्य, शिक्षा, संस्कृति र मानिसहरूबीच सम्बन्धसहित विभिन्न क्षेत्रहरूमा बलियो द्विपक्षीय सम्बन्धहरू साझा गर्दछ। विगतका दशकहरूमा साऊदी अरबसॅंग भारतको सम्बन्ध बलियो र स्थायी साझेदारीमा विकसित भएको छ, जुन धेरै रणनीतिक क्षेत्रहरूमा विस्तारित भएका छन्, जसमा निवेश प्रतिबद्धताहरूमा वृद्धि, रक्षा सहयोगको विस्तार र विभिन्न क्षेत्रहरूमा गहन उच्चस्तरीय आदान प्रदान सामेल छन्।
विदेश मन्त्रालयले भनेको छ, प्रधानमन्त्रीको यो यात्राले साऊदी अरबसॅंग भारतको द्विपक्षीय सम्बन्धहरूलाई प्रदान गरिने महत्वलाई दर्साउॅंछ। यसले हाम्रो बहुआयामी साझेदारीलाई अझ गहिरो र बलियो बनाउनुका साथै आपसी हितहरूका विभिन्न क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्दाहरूमाथि विचारहरू आदान प्रदान गर्ने अवसर प्रदान गर्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी