कोलकाता, 19 अप्रेल (हि.स.)। पश्चिम बंगालको मुर्शिदाबाद जिल्लामा हालैमा भएको साम्प्रदायिक हिंसापछि शनिवार राष्ट्रिय महिला आयोग (एनसीडब्ल्यू) की अध्यक्ष विजया रहाटकरको नेतृत्वमा एक प्रतिनिधिमण्डलले हिंसा पीड़ितहरूसॅंग भेट गऱ्यो र भविष्यमा उनीहरूको सुरक्षा सुनिश्चित गर्न केन्द्र सरकारले हर सम्भव पाइला उठाउने आश्वासन दिएको छ।
एनसीडब्ल्यू प्रमुख रहाटकरले मुर्शिदाबादको बेतबोना क्षेत्रमा पीड़ितहरूसॅंग कुराकानी गर्दै भनिन्, डराउनु पर्ने कुरा छैन। देश र आयोग तपाईहरूको साथमा छ। स्वयंलाई एक्लै न सम्झिनुहोस्। आयोगले आफ्नो भ्रमणको विस्तृत रिपोर्ट केन्द्रलाई सुम्पिने उनले जानकारी गराएकी छन्।
पीड़ित महिलाहरूले आयोगलाई हिंसाको समयमा उनीहरूले झेल्नु परेका यातनाहरूको बारेमा बताए। उनीहरूले जिल्लाका संवेदनशील क्षेत्रहरूमा स्थायी सीमा सुरक्षा बल क्याम्प स्थापित गरिनु पर्ने र सम्पूर्ण मामिलाको जॉंच राष्ट्रिय जॉंच एजेन्सीबाट गरिनु पर्ने माग गरेका छन्।
एक दिन अघि शुक्रवार आयोगको टीमले मालदा जिल्लाको राहत शिविरको पनि भ्रमण गरेको थियो, जहॉं मुर्शिदाबाद हिंसाका कारण विस्थापित भएका मानिसहरूले शरण लिएका छन्।
उल्लेख्य, एनसीडब्ल्यूले मुर्शिदाबादको शमशेरगंज, सुती, धूलियन र जंगीपुर क्षेत्रमा 11 र 12 अप्रेलमा भड्किएको हिंसालाई स्वत: संज्ञानमा लिएको थियो। मुस्लिम बाहुल क्षेत्रमा वक्फ अधिनियममा संशोधनलाई लिएर आयोजित विरोध प्रदर्शनबीच भएको हिंसामा तीन जनाको मृत्यु भएको थियो भने सयौं मानिसहरू बेघर भएका थिए। आयोगले आफ्नो भ्रमणमा हिंसा प्रभावित महिलाहरूको स्थितिको आकलन गरेर केन्द्र समक्ष कारबाहीको सिफारिश गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी