- सांसद खेल महाकुम्भको रक्षामन्त्री राजनाथ सिंहले गरे शुभारम्भलखनऊ, 19 अप्रेल (हि.स.)। लखनऊमा केडी सिंह बाबू स्टेडियममा सांसद खेल महाकुम्भको रक्षामन्त्री राजनाथ सिंहले शनिवार शुभारम्भ गरे। यसका साथै 24 अप्रेलसम्म चल्ने खेल महाकुम्भमा एथलेक्टिस, भलीबल, कबड्डी, फुटबल, बक्सिङसहित आठ खेलहरूको प्रतियोगिताको शुरुवात भएको छ।
रक्षामन्त्रीले खेलाडीहरूको हौसला बढाउॅंदै सूत्रवाक्यमा भने, भारतका खेलाडीहरूले खेलको क्षेत्रमा भारतको नाम शिखरमा पुऱ्याएको छ। हरेक खेलमा भारत अगाडि बढिरहेको छ। खेलाडीहरूको राम्रो प्रदर्शनको निम्ति सरकारले हर सम्भव सहायता प्रदान गरिरहेको छ।
यस अवसरमा उपमुख्यमन्त्री ब्रजेश पाठक, विधायक नीरज बोरा, विधायक योगेश शुक्ला, मेयर सुषमा खर्कवाल, भाजपाको महानगर अध्यक्ष आनन्द द्विवेदीसहित भाजपाका पदाधिकारीहरू र खेल प्रेमीहरूको उपस्थिति थियो।
हिन्दुस्थान समाचार / भवानी थामी