01 मईदेखि सेटेलाइट आधारित टोल कलेक्शन सिस्टम शुरू गर्नमाथि अहिले कुनै फसेला गरिएको छैन- मन्त्रालय
टोल


नयाँ दिल्ली, 18 अप्रेल (हि.स.)। सड़क परिवहन एवं राजमार्ग मन्त्रालयले 01 मईदेखि सेटेलाइट आधारित टोल कलेक्शनको राष्ट्रव्यापी कार्यान्वयनको सम्बन्धमा मन्त्रालय वा भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआई) द्वारा यस्तो कुनै निर्णय नलिइएको भनेको छ। वस्तुतः मीडियाका केही वर्गहरूमा यस विषयमा समाचार प्रसारित गरिएको छ कि 01 मई 2025 देखि सेटेलाइट आधारित टोलिंग सिस्टम शुरू गरिनेछ र यसले वर्तमान फास्ट्याग आधारित टोल संग्रह प्रणालीको ठाउँ ओगट्नेछ, जसपछि सरकारको तर्फबाट यो स्पष्टीकरण जारी गरिएको छ।

सड़क परिवहन एवं राजमार्ग मन्त्रालयको भऩाई छ, टोल प्लाजाको माध्यमले वाहनहरूको निर्बाध, बाधा रहित आवाजाहीलाई सक्षम गर्ने र यात्राको समयलाई कम गर्नका लागि ‘एएनपीआर-फास्ट्याग आधारित बैरियर-लेस टोलिंग सिस्टम’ लाई चुनिन्दा टोल प्लाजामा लागू गरिनेछ।

उन्नत टोलिंग प्रणालीमा ‘स्वचालित नम्बर प्लेट पहिचान’ (एएनपीआर) तकनीक सामेल हुनेछ, जसले वाहनहरूको नम्बर प्लेट पढ़ेर त्यसको पहिचान गर्नेछ र वर्तमान ‘फास्या मग प्रणाली’ टोल कटौतीको निम्ति रेडियो-फ्रीक्वेन्सी आइडेन्टिफिकेशन (आरएफआईडी) को उपयोग गर्दछ। यस अन्तर्गत वाहनहरूलाई टोल प्लाजामा नरोकी, उच्च प्रदर्शन भएका एएनपीआर क्यामराहरू र फास्ट्याग रीडर्सको माध्यमले त्यसको पहिचानको आधारमा चार्ज गरिनेछ। नियमहरूको पालन नगरिएको स्थितिमा उल्लङ्घनकर्ताहरूलाई ई-नोटिस दिइनेछ, जसको भुकतान नगर्दा फास्ट्याग निलम्बित हुनसक्छ र वाहनसित सम्बन्धित अन्य दण्ड पनि लगाउनसकिन्छ।

एनएचएआईले ‘एएनपीआर-फास्ट्याग-आधारित बेरियर-लेस टोलिंग सिस्टम’ को कार्यान्वयनको निम्ति बोलीहरू आमन्त्रित गरेको छ, जसलाई चयनित टोल प्लाजामा स्थापित गरिनेछ। यस प्रणालीको प्रदर्शन, दक्षता र उपयोगकर्ताको प्रतिक्रियाको आधारमा देशभरिमा यसको कार्यान्वयनबारे निर्णय लिइनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande