नयाँ दिल्ली, 11 अप्रेल (हि.स.)। देशको सर्वोच्च नागरिक पुरस्कारहरूमा सामेल पद्म पुरस्कारहरूका लागि नामांकनको अन्तिम मिति 31 जुलाई हो। गणतन्त्र दिवस 2026 मा घोषित गरिने यी पुरस्कारहरूले विभिन्न क्षेत्रहरूमा असाधारण उपलब्धीहरू र विशिष्ट सेवालाई मान्यता दिँदछ।
केन्द्रिय गृह मन्त्रालयले शुक्रवार एक बयान जारी गरी भनेको छ, गणतन्त्र दिवसको अवसरमा घोषित गरिने पद्म पुरस्कार 2026 को निम्ति अनलाइन नामांकन र सिफारिशको प्रक्रिया 15 मार्चदेखि चलिरहेको छ। पद्म पुरस्कारहरूको नामांकनको अन्तिम मिति 31 जुलाई हो। पद्म पुरस्कारहरूका लागि नामांकन र सिफारिशहरू राष्ट्रिय पुरस्कार पोर्टल https://awards.gov.in मा अनलाइन प्राप्त गरिनेछ।
पद्म पुरस्काेर, अर्थात पद्म विभूषण, पद्म भूषण र पद्म श्री देशको सर्वोच्च नागरिक सम्मानहरूमा सामेल छ। वर्ष 1954 मा स्थापित यी पुरस्कारहरूको घोषणा प्रतिवर्ष गणतन्त्र दिवसको अवसरमा गरिन्छ। यी पुरस्कारहरू अन्तर्गत ‘उत्कृष्ट कार्य’ को निम्ति सम्मानित गरिन्छ। पद्म पुरस्कार कला, साहित्य एवं शिक्षा, खेल, चिकित्सा, समाज सेवा, विज्ञान एवं इन्जीनियरिंग, लोक कार्य, सिविल सेवा, व्यापार एवं उद्योग आदि जस्ता सबै क्षेत्रहरू/विषयहरूमा विशिष्ट र असाधारण उपलब्धीहरू र सेवाको निम्ति प्रदान गरिन्छ। जाति, व्यवसाय, पद वा लिंगको भेदभावबिना सबै व्यक्ति यी पुरस्कारहरूको निम्ति पात्र छन्। चिकित्सकहरू र वैज्ञानिकहरूलाई छोड़ेर अन्य सरकारी सेवक, जसमा सार्वजनिक क्षेत्रका उपक्रमहरूमा काम गर्ने सरकारी सेवक पनि सामेल छन्, पद्म पुरस्कारहरूको निम्ति पात्र छैनन्।
सरकार पद्म पुरस्कारहरूलाई पीपल्स पद्म बनाउनका लागि प्रतिबद्ध छ, यसैले सबै नागरिकहरूसित नामांकन र सिफारिश गर्ने अनुरोध छ। नागरिकले आफैलाई पनि नामित गर्नसक्छऩ्। महिलाहरू, समाजको कमजोर वर्गहरू, अनुसूचित जातिहरू र अनुसूचित जनजातिहरू, दिव्यांग व्यक्तिहरू र समाजको निम्ति निस्वार्थ सेवा गरिरहेका मानिसहरूमध्ये यस्ता प्रतिभाशाली व्यक्तिहरूको पहिचान गर्ने ठोस प्रय़ास गर्नसकिन्छ, जसको उत्कृष्टता र उपलब्धीहरू वास्तवमा पहिचान गरिने योग्य छ।
नामांकन र सिफारिशहरूमा पोर्टलमा उपलब्ध प्रारूपमा निर्दिष्ट सबै प्रासंगिक विवरण सामेल हुनुपर्छ, जसमा वर्णनात्मक रूपमा एक उद्धरण (अधिकतम 800 शब्द) सामेल हुनुपर्छ, जसमा अनुशंसित व्यक्तिको सम्बन्धित क्षेत्र र अनुशासनमा विशिष्ट र असाधारण उपलब्धीहरू र सेवाको स्पष्ट रूपले उल्लेख गरिएको होस्।
यस सम्बन्धमा विस्तृत विवरण गृह मन्त्रालयको वेबसाइट (https://mha.gov.in) ‘पुरस्कार र पदक’ शीर्षक अन्तर्गत र पद्म पुरस्कार पोर्टल (https://padmaawards.gov.in) मा उपलब्ध छ।
हिन्दुस्थान समाचार / भवानी थामी