प्रधानमन्त्रीले काशीलाई दिए 3884 करोड़ रूपियाँको विकास योजनाहरूको सौगात
प्रधानमन्त्रीले काशीलाई दिए 3884 करोड़ रूपियाँको विकास योजनाहरूको सौगात


वाराणसी, 11 अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार आफ्नो संसदीय क्षेत्र वाराणसीलाई 3884 करोड़ रूपियाँको कूल 44 परियोजनाहरूको सौगात दिए। यसमा रिंग रोड र सारनाथबीच सड़क पुल, भिखारीपुर र मन्डुवाडीह क्रसिङमा फ्लाईओवर र बाबतपुरमा एनएच-31 मा अण्डरपास सुरंगको शिलान्यास सामेल छ।

नगरमा मेहन्दीगंज राजातालाब स्थित जनसभा स्थलमा प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो 50औं दौड़ाहमा पूरा संसदीय क्षेत्रको निम्ति विकासको नयाँ अध्याय लेखे। प्रधानमन्त्रीले यहाँ रिमोटले 3884 करोड़ रूपियाँको 44 परियोजनाहरूको लोकार्पण र शिलान्यास गरे। यसमा रिंग रोड र सारनाथबीच सड़क पुल, भिखारीपुर र मन्डुवाडीह क्रसिङमा फ्लाईओवर र बाबतपुरमा एनएच-31 मा अण्डरपास सुरंग सहित 25 योजनाहरूको शिलान्यास र 19 योजनाको लोकार्पण गरे।

खास कुरा के रह्यो भने प्रधानमन्त्री मोदी निर्धारित समयभन्दा लगभग 24 मिनट अगावै आफ्नो संसदीय क्षेत्रमा पुगे। जनसभा स्थलदेखि प्रधानमन्त्रीले 70 वर्षभऩ्दा अधिक आय़ुका तीन वरिष्ठ नागरिकहरूलाई पहिलो पल्ट आयुष्मान वय वन्दना कार्ड आफ्नो हातबाट सुम्पे। कार्यक्रममै प्रधानमन्त्री रमेश कुमारलाई बनारसी शहनाईको जीआई ट्यागको सर्टिफिकेट, अनिल कुमारलाई भनारस मेन्टर कास्टिङ क्राफ्टको जीआई ट्याग सर्टिफिकेट दिए। लखीमपुर खीरीको थारू जनजातिबाट आउने छिद्दोलाई थारो इम्ब्राडायरीको निम्ति जीआई ट्यागको सटिर्फिकेट दिए।

यस अगाड़ी प्रधानमन्त्रीको जनसभाको मंचमा प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे। यस अवसरमा मुख्यमन्त्री योगी आदित्यनाथले भऩे, हरियाणा, महाराष्ट्र र दिल्ली विधानसभा चुनाउको एतिहासिक विजय, दिव्य र भव्य महाकुम्भको आय़ोजनपछि प्रधानमन्त्रीको यो काशीको यात्रा हो। हामी उनको स्वागत गर्दछौं। मुख्यमन्त्रीले काशीवासीहरूको तर्फबाट पनि प्रधानमन्त्री मोदीको अभिनन्दन गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande