रोजगारसित सम्बन्धित प्रोत्साहन योजना भयो अर्थहीन- राहुल गान्धी
रोजगारसित सम्बन्धित प्रोत्साहन योजना भयो अर्थहीन- राहुल गान्धी


नयाँ दिल्ली, 11 अप्रेल (हि.स.)। कांग्रेस नेता एवं लोकसभामा नेता विपक्ष राहुल गान्धीले रोजगारसित सम्बन्धित प्रोत्साहन (ईएलआई) योजनाको लाभ युवाहरूले नपाउँदा केनद्र सरकारको आलोचना गरेका छन्। उनले भऩेका छऩ्, साल 2024 मा यस मदमा आवंटित 10 हजार करोड़ रूपियाँ राशि पनि उपयोग नभई फर्काइयो। यस प्रकार यो योजना अर्थहीन प्रमाणित भइरहेको छ।

राहुल गान्धीले आज एक बयानमा भने, 2024 को चुनाउपछि प्रधानमन्त्री मोदीले हाम्रा युवाहरूलाई रोजगार दिने वाचा गर्दै खूबै धूमधामले ईएलआई योजनाको घोषणा गरेका थिए। यस योजनाको घोषणा गरिएको लगभग एक वर्ष भएको छ, सरकारले यसलाई परिभाषित पनि गरेको छैन र यसको निम्ति आवंटित 10 हजार करोड़ रूपियाँ फर्काइएको छ।

कांग्रेस नेताले भनेका छन्, केवल ठूलो कोरपोरेट्समाथि ध्यान केन्द्रित गरी, निष्पक्ष व्यापारको सट्टा केही खास व्यापारिक घरानाहरूलाई प्रोत्साहित गरेर, उत्पादनको सट्टा असेम्बलीलाई प्राथमिकता दिएर र स्वदेशी कौशलको उपेक्षा गरेर नोकरी श्रृजन गर्न मिल्दैन। एमएसएमईमा व्यापक स्तरमा निवेश, निष्पक्ष बजार जहाँ प्रतिस्पर्धा जन्मिन सकोस्, स्थानीय उत्पादन नेटवर्कको निम्ति समर्थन र सही कौशलले सुसज्जित युवाहरूको माध्यमले करोड़ौं नोकरी जन्माउन सकिन्छ।

उनले सोधे, प्रधानमन्त्री मोदीले अत्यन्त उत्साहको साथ ईएलआईको घोषणा गरे तर यो 10 हजार करोड़को योजना कहाँ हरायो ? के तपाईले हाम्रो बेरोजगार युवाहरूलाई तपाईको वाचाहरूको साथ छोड़ेका छन् ? जब देशमा बेरोजगारी चरममा छ र युवा हताश छन्, तबपनि सरकारको यो लापरवाही केवल छक्क पार्ने होइन लज्जास्पद पनि हो, उनले भने।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande