इतिहासको पानामा 16 अप्रेलः भारतमा पहिलो यात्री ट्रेन मुम्बईदेखि ठाणेबीच चल्यो
इतिहासको पानामा 16 अप्रेलः भारतमा पहिलो यात्री ट्रेन मुम्बईदेखि ठाणेबीच चल्यो


नयाँ दिल्ली, 15 अप्रेल (हि.स.)। दिनहुँ लगभग 2.5 करोड़भन्दा पनि धेरै यात्रीहरूलाई उनीहरूको गणतव्यसम्म पुऱ्याउने भारतीय रेलको निम्ति आजको दिन धेरै खास छ। 16 अप्रेल 1853 मा भारतमा पहिलो यात्री ट्रेन मुम्बईको बोरीबन्दर (अब छत्रपति शिवाजी टर्मिनल) देखि ठाणेबीच चलाइएको थियो। ट्रेनले 35 किलोमीटरको यात्रा बिना कुनै समस्याको तय गरेको थियो। यस ट्रेनमा 20 डब्बा थिए, जसमा लगभग 400 यात्री सवार थिए। ट्रेन दिनको 3.35 बजी बोरीबन्दरदेखि हिँड्यो र साँझ 4.45 बजी ठाणे पुग्यो। यो ट्रेनलाई चलाउन ब्रिटेनबाट तीन इन्जिन मगाइएको थियो।

अन्य प्रमुख घटनाहरूः

1862: राष्ट्रपति लिंकनले कोलम्बिया जिल्लामा दासप्रथालाई समाप्त गर्ने अधिनियममा हस्ताक्षर गरे।

1917: पेट्रोग्राडमा रूसी सैनिकहरूले विद्रोह गरे, रूसमा अस्थाई सरकारको गठन, जार निकोलस द्वितीयले सत्ता र देशको त्याग गरे।

1919: जलियांवाला बाग हत्याकाण्डमा दिवंगतहरूलाई श्रद्धाञ्जलि दिनका लागि महात्मा गान्धीले प्रार्थना सभा र उपवासको घोषणा गरे।

1945: द्वितीय विश्वयुद्धमा जर्मन शरणार्थी पोत डूब्यो, जसमा 7,000 जनाको ज्यान गयो।

1964: ब्रिटेनको चर्चित अपराधहरूमा सामेल द ग्रेट ट्रेन रबरीको निम्ति 12 जनालाई 307 वर्षको सजाय।

1988: उत्तरी इराकको हलबजा शहरमा ग्यास हमला, जसमा हजारौं मानिसहरू मारिए।

1999: पाकिस्तानले भारतलाई पराजित गरी कोकाकोला कप त्रिकोणीय टूर्नामेन्ट (शारजाह) जित्यो।

1999: न्यू माइक्रोव नामक सबैभऩ्दा ठूलो आकारको जीवाणुको पत्तो लाग्यो।

2002: दक्षिण कोरियामा एक विमान दुर्घटनामा 120 जनाको मृत्यु।

2004: भारतले रावलपिन्डी टेस्ट म्याच जित्यो र पाकिस्तानलाई श्रृंखलामा 2-1 ले पराजित गऱ्यो।

2008: लन्दनमा महात्मा गान्धीको प्रतिमाको अनावरण।

2010: ब्रिक्स सम्मेलनपछि भारत, रूस, चीन र ब्राजीलका नेताहरूले संयुक्त राष्ट्रमा भारत-ब्राजीलको महत्वपूर्ण भूमिका एवं प्रतिनिधित्व सुनिश्चित गर्ने सुधारमा बल दियो। ।

जन्म

1889: प्रसिद्ध हास्य कलाकार चार्ली चैपलिन।

1913: भारतका प्रसिद्ध चित्रकार केएच आरा।

1995: भारतकी फ्रीस्टाइल पहलवान सरिता मोर।

1969: कर्नाटक संगीतकी प्रसिद्ध गायिका एस सौम्या।

निधन

1951: प्रसिद्ध बांग्ला लेखक अद्वैत मल्लबर्मन।

1961: प्रसिद्ध सिख नेता र क्रान्तिकारी रणधीर सिंह।

1966: भारतका प्रसिद्ध चित्रकार नन्दलाल बोस।

2011: महावीर चक्र विजेता ब्रिगेडियर भवानी सिंह।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande