गान्धी परिवारमाथि ईडीको कारबाहीपछि खरगेले केन्द्रलाई गरे लक्षित
गान्धी परिवारमाथि ईडीको कारबाहीपछि खरगेले केन्द्रलाई गरे लक्षित


नयाँ दिल्ली, 16 अप्रेल (हि.स.)। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले आज यहाँ भाजपा नेतृत्व केन्द्र सरकारको तीखो आलोचना गरे। उनले आरोप लगाए, सरकारले विफलताहरूलाई लुकाउन कांग्रेसलाई लक्षित गरिरहेको छ। यो आरोप प्रवर्तन निदेशालयद्वारा राहुल गान्धी, सोनिया गान्धी र अन्य विरूद्ध नेशनल हेराल्ड धन शोधन मामिलामा अभियोजन शिकायतपछि लगाइएको हो।

खरगेले एक एक्स पोस्टमा दाबी गरेका छन्, भाजपा नेतृत्व सरकारको आर्थिक कुप्रबन्धन नियन्त्रणदेखि बाहिर गइरहेको छ। यस सरकारसित कुनै दृष्टि वा समाधान छैन, उसले केवल आफ्नो गल्तीहरूबाट ध्यान भट्काउने प्रय़ास गरिरहेको छ। भाजपा सरकारको विफलताहरूलाई उजागर गर्न पाँच महत्वपूर्ण तथ्य पर्याप्त छ।

उनले भऩेका छन्, व्यापार घाटा तीन वर्षको उच्चतम स्तरमा पुगेको छ। टेरिफ र व्यापार युद्धमा कुनै स्पष्ट योजना छैन र समाधानको सट्टा केवल खोक्रो शब्द र अनुत्पादक दौड़ाह भएको छ। उनले आरबीआईको मार्च 2025 को एक सर्वेक्षणको उल्लेख गर्दै भने, 90% उपभोक्ताले भने, कमोडिटीको दरहरू बढ़ेको छ। परिणामस्वरूप 80% भऩ्दा धेरैले भने, उनीहरूको खर्चा बढ़ेको छ, तर आयमा वृद्धि भएन। एफएमसीजी फर्महरूको राजस्व वृद्धि वित्त वर्ष 25 मा सुस्त भएर केवल 5% रह्यो जबकि मार्जिनमा कुनै सुधार भएको छैन।

कांग्रेस अध्यक्षले दिसम्बर 2024 सम्म ईन्धनमा करहरू र शुल्कहरूको रूपमा 39 लाख करोड़ रूपियाँ एकत्र गर्दा केन्द्र सरकारको आलोचना गरे। उनले भने, एलपीजीको दरमा 50 रूपियाँको बढ़ोतरी गर्दा आर्थिक रूपमा कमजोर वर्गहरूमाथि बोझ बढ्यो। आवधिक श्रम बल सर्वेक्षण (पीएलएफएस) को उदाहरण दिँदै उनले बढ्दो बेरोजगारीबारे भने, स्नातकहरूको बेरोजगारी दर 13% र युवा बेरोजगारी दर 10.2% छ। देशको 23 मध्ये 22 आईआईटी र 25 मध्ये 23 आईआईआईटीमा प्लेसमेन्टमा ह्रास देखियो र एनआईटीमा प्लेसमेन्टमा 11%को ह्रास देखियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande