नयाँ दिल्ली, 16 अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा बहुप्रतीक्षित उधमपुर-श्रीनगर-बारामूला-रेल परियोजना (यूएसबीआरएल) को उद्घाटन कार्यक्रम खराब मौसमको कारण स्थगित गरिएको छ।
रेलवे बोर्डको सूचना एवं प्रचारका कार्यकारी निदेशक (ईडी/आईपी) दिलीप कुमारले बुधवार रेल भवनमा पत्रकारहरूसित कुराकानीमा भने, प्रतिकूल मौसम पूर्वानुमानको कारण यूएसबीआरएलको उद्घाटन कार्यक्रम केही दिनको निम्ति स्थगित गरिएको छ। उद्घाटनको आगामी मितिबारे अगाड़ी जानकारी दिइनेछ।
प्रधानमन्त्री नरेन्द्र मोदीले 19 अप्रेलमा विश्वको सबैभन्दा अग्लो चिनाब रेल पुल र अंजी रेल पुलको उद्घाटन गर्ने कार्यक्रम थियो। साथै श्रीमाता वैष्णो देवी कटरा रेलवे स्टेशनदेखि श्रीनगरको निम्ति वन्दे भारत एक्सप्रेसको विशेष कश्मीर संस्करणलाई हरियो झण्डा देखाउने कार्यक्रम थियो। उनले कटरामा एक सार्वजनिक कार्य़क्रमलाई पनि सम्बोधित गर्नुथियो।
मौसम विभागले मंगलवार आउने दिनहरूमा जम्मू-कश्मीरमा हल्कादेखि मध्यम वर्षा र हिमपातको अनुमान व्यक्त गर्दै पहेलो र अरेन्ज अलर्ट जारी गरेको छ। मौसम विभाग अनुसार, 16 देखि 20 अप्रेलबीच पश्चिमी हिमालयी क्षेत्रमा तीव्र पश्चिमी विक्षोभ आउने सम्भावना छ, जसको तीव्रता 18 र 19 अप्रेलमा सबैभन्दा अधिका हुन्छ तर केही ठाउँहरूमा भारी पानी पर्नेछ। 18 देखि 20 अप्रेलमा उत्तर-पश्चिम भारतका वरपरका मैदानी क्षेत्रहरूमा बिजुली चम्किनसाथ वर्षा र तीव्र हावा चल्ने सम्भावना छ।
हिन्दुस्थान समाचार / भवानी थामी