इम्फाल, 16 अप्रेल (हि.स.)। मणिपुर पुलिस र केन्द्रिय सुरक्षाबलहरूले अलग-अलग ठाउँहरूबाट प्रतिबन्धित संगठनहरूका 11 उग्रवादीलाई पक्राउ गरेको छ। उनीहरूदेखि हतियार, मोबाइल, वाहन र अन्य आपत्तिजनक सामग्री पनि जफत गरिएको छ।
मणिपुर पुलिसले बुधवार जानकारी गराएको छ, थौबल जिल्लाको हिरोक थाना क्षेत्रको सलुंगफम ममांग लाईकाई बजार नजिकबाट केसीपी (अपुनबा सिटी मैतेई) का चार उग्रवादीलाई पक्राउ गरियो। यिनीहरू ईटा भट्टी, स मिल, ब्याङ्क, अस्पताल, स्कूल-कलेज, ओयल पम्प, दोकानेहरू, ठेकेदार र स्टोन क्रेशर बाहेक आमजनहरूबाट पनि असूली गर्नमा सामेल थिए। पक्रा पर्ने उग्रवादीहरूको पहिचान मो. सारूक खान (34, थौबल वांगखेम), संगोमसंबम अख्तर अहमद (29, थौबल वांगखेम), कोंजेंगबम कुमारजीत सिंह (41, नंबोल लैमैपोकपम अवांग लाईकाई, बिष्णुपुर) तथा लैश्रम जयमंगल सिंह (47, कैरेम्बिखोक ममांग लाईकाई) थौबलको रूपमा गरिएको छ। सुरक्षाबलहरूले यिनीहरूदेखि एक .32 पेस्तोल, म्याग्जिन र तीन जिउँदो कारतूस, तीन 36 एचई ह्याण्ड ग्रेनेड, पाँच मोबाइल फोन, एक चार-चक्के वाहन तथा दुई दुई-चक्को वाहन जफत गरियो।
यिनीहरू बाहेक मणिपुर पुलिसले इम्फाल ईस्ट जिल्लाको वैथौ चिरू क्षेत्रबाट एसओआरईपीए संगठनका तीन सदस्यहरूलाई पक्राउ गऱ्यो। यी सबैमाथि याइरिपोक क्षेत्रका स्कूलहरूबाट बलजफ्ती असूली गरेको आरोप छ। यिनीहरूको पहिचान लैशुंगबम लेनिन सिंह (31) उर्फ खुमान, युमखैबम लुखोई सिंह (32) उर्फ अबोई तथा सगोलसेम दिनेश सिंह (25) को रूपमा भएको छ। पुलिसले यिनीहरूदेखि तीन मोबाइल फोन, एक दुई-चक्को वाहन र अन्य सामग्री जफत गरेको छ।
एक अन्य अभियानमा मणिपुर पुलिसले केसीपी (नोंगद्रेंखोम्बा) संगठनको एक सदस्य सलाम सदानंद सिंह (31) उर्फ एगोचा उर्फ परीलाई इम्फाल वेस्टको लमफेल थाना अन्तर्गत कोम्बिरेई हाउसिङ कम्प्लेक्सबाट पक्राउ गरेको छ। उसले इम्फाल क्षेत्रमा जनताबाट पैसाको माग र धम्की दिएर असूली गर्नेगर्थ्यो। उदेखि एक मोबाइल र आधार कार्ड जफत भयो। यस बाहेक केन्द्रिय बलहरूले भारत-म्यान्मार सीमा स्थित मोरेह थाना क्षेत्रको बर्डर पिलर 81, सब पिलर 3 नजिकबाट यूएनएलएफ (के) संगठनका तीन क्याडरहरूलाई पक्राउ गऱ्यो। पक्रा परेका आरोपीहरूमा निंगोम्बम श्याम सिंह (32), चिंगांगबम जनसन मैतेई उर्फ अंगोमचा मैतेई (30) तथा मो. सोहेल खान (25) सामेल छन्। यी सबै मामिलाहरूमा आरोपीहरू विरूद्ध कानूनी कारबाही शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी